पिसाव गर्ने ठाउँबाट साँप निस्किएपछि (भिडियो सहित)

एजेन्सी ।
मान्छेको शरीरबाट त्यो पनि पिसाव गर्ने ठाउँबाट एका एक अजङ्गको सर्प निस्कियो भने कस्तो होला ? पक्कै पनि सबै वरीपरीका मान्छेबीच भागाभाग हुन्छ होला । यस्तै गरे यी युवकले पनि ।
तर यो अकस्मात भएको घटना भने होइन । यी चर्चित स्टन्ट म्यान हुन् । जनावरसँग खेल्नु यिनको शोख नै हो ।
यी युवकलाई सर्पको स्टन्ट गर्न मन लागेपछि पिसाव गर्नका लागि प्यान्टमा राखिने चेनबाट साँप निकालेर सबैलाई चकित पारे ।
यो वोलिभियाको जंगलमा गरिएको स्टन्ट हो । साथीहरुलाई आफूले पिसाव गर्न लागेको बताएका उनले फोटो खिच्न आग्रह पनि गरे । तर एकाएक उनको पिसाव गर्ने ठाउँबाट सर्प निस्किएपछि सबै भागाभाग भए ।
उसले प्यान्टको चेन खोल्दा एक्कासी सर्प निस्किएपछि फोटो खिच्न आँटेका साथी भाग्न थाले तर उनले नडराउन आग्रह गरे ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट