नायक स्व.श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको ‘कोहिनुर’ हेर्नुहोस (पुरा फिल्म)


काठमाडौं । नायक स्व.श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको मुख्य भूमिका रहेको चलचित्र कोहिनुर युट्युबमा सार्वजनिक भएको छ ।
भखैरै अपलोड भएको उक्त फिल्म अहिलेसम्म १ हजारभन्दा बढीले हेरिसकेका छन् । फिल्म रिलिज भएको भोलिपल्टै साउन २७ गते नायक श्रेष्ठको निधन भएपछि फिल्मले धेरै चर्चा कमाउनुका साथै श्रद्धान्जलीस्वरुप फिल्म हेर्नेहरुको देशभरी भीड नै लागेको थियो ।
नायक स्व.श्रेष्ठले ड्रिम प्रोजेक्टका रुपमा लिएको यो फिल्मको सफलता भने उनी आफैले हेर्न पाएनन् । अहिले उक्त फिल्म सामाजिक सञ्जाल युट्युबमा अपलोड गरिएको छ । उक्त फिल्म अगामी जनवरीमा मलेसिया र अस्ट्रेलियामा प्रदर्शन गर्ने कार्यक्रम थियो ।
- साभार श्रोत: http://www.nepalsandesh.com/2014/12/23/114375#sthash.JNswXqZp.EvcLZnOX.dpuf

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट