
- मानसिक तनाव नलिइकन काम गर्ने
- धेरै यात्रा नगर्ने ।
- लगातार कम्प्युटरमा काम नगर्ने ।
- रेडिएसन आउने बस्तुवाट वच्ने जस्तै: मोवाइल, एक्स रे आदि ।
- लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीवेर हिँड्ने ।
- खानपानमा ध्यान दिने ।
- फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने ।
- भोक नलागे पनि खाना खाने ।
- पानी बढी पिउने ।
- गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
- बेला बेलामा चिकित्सकको सल्लाह लिने ।
- अन्तिम महिनामा घरमै बस्ने ।
- टाइट कपडा र हिल जुत्ता नलगाउने ।
- चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्ने ।
- हरियो सागसब्जी बढी खाने ।
- सकारात्मक सोचाई राख्ने ।
- पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने ।
- यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
- गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
- मादक पदार्थ सेवन नगर्ने ।
- धुमपान नगर्ने ।
- एकैपटक धेरै खाना नखाने ।
- चिल्लोपदार्थ नखाने ।
- जङ्कफुड सेवन नगर्ने ।
- थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
- खाली पेट नबस्ने ।
- साभार श्रोत: http://swasthyakhabar.com