आफूलाई मन पर्ने फिल्म डाउनलोड गर्नका लागि ७ उत्कृष्ठ साइट !

इन्टरनेटबाट फिल्म डाउनलोड गरेर हेर्नेहरुका लागि डाउनलोडको सबै भन्दा लोकप्रिय साइट हो फाइल शेयरिङ प्रोटोकल बिट टोरेन्ट । तर बिट टोरेन्ट डाउनलोडका लागि उपयोगि भएपनि बाहेक अन्य साइटहरु पनि छन् जहाँबाट फिल्म अनलाइन हेर्न र फ्रिमा डाउनलोड गर्न सकिन्छ । यहाँ त्यस्तै ७ साइटको चर्चा गरिएको जुन फिल्म डाउनलोडका लागि चर्चित छन्ः

१. Urgrove
हलिउड र बलिउडका चर्चित चलचित्र अनलाइन हेर्नका लागि यो साइट लोकप्रिय छ । यसमा लेटेस्ट चलचित्रहरु फरक फरक क्वालिटीमा डाउनलोड गर्न सकिन्छ । त्यति मात्र होइन यसमा हिन्दी डव गरिएका अंग्रेजी चलचित्र पनि पाइन्छ । यो साइटमा अनलाइन हेर्न र डाउनलोड गर्न सजिलो छ ।

२. DIVXCRAWLER
यदि तपाइँ हलिउड र बलिउडका उत्कृष्ठ चलचित्र हेर्न शौखिन हुनु हुन्छ भने यो वेवसाइट पनि उपयोगी हुन सक्छ । Divxcrawler मा डीवीडी क्वालिटीमा पुरै फिल्म डाउनलोड गर्न पाइन्छ । कुन फिल्म कतिबेरमा डाउनलोड हुन्छ भन्ने चाँहि इन्टरनेटको स्पिडमा भर पर्छ । यो वेबसाइटमा फिल्मको अधिकतम साइज ७०० एमबी हुन्छ । यो साइटमा डाउनलोड गर्दा साइटमा राइट क्लिक गरेर ‘सेव टारगेट एज (Save Taget As)’ अप्सनमा क्लिक गर्नु पर्छ । 

३. FullMoviez.in
हलिउड र बलिउडका फिल्म डाउनलोड गर्नका लागि यो वेबसाइट पनि चर्चित छ । यसमा चलचित्रको लिङ्क दिइएको हुन्छ जहाँ क्लिक गरेर फिल्म डाउनलोड गर्न सकिन्छ । यसमा पनि फरक फरक विधाका र साइज एवं क्वालिटीका फिल्मलाई ब्यवस्थित तरिकाले डाउनलोड गर्ने सुविधा छ ।

४. MovieScrib
यो वेबसाइटबाट बलिउड हलिउड र अन्य भाषाका फिल्म समेत डाउनलोड गर्न सकिन्छ । यसको होमपेजमा कुन चलचित्र कति चर्चित र बढी डाउनलोड भैरहेको छ त्यसको सूची नै देखिन्छ । यसमा फिल्म सर्चको समेत सुविधा छ । यसमा कुन फिल्म कतिजनाले डाउनलोड गरे भन्ने पनि देखाउँछ ।

५. 02cinemas
बलिउड हलिउड र अन्य भाषाका फिल्म समेत डाउनलोड गर्नका लागि यो साइट पनि चर्चित छ । यसबाट फोनका लागि र ल्यापटप तथा अन्य उपकरणका लागि समेत फरक फरक क्वालिटीका चलचित्र डाउनलोड गर्न सकिन्छ । 

६. MovieVilla
मूभी भिल्ला वेबसाइट अंग्रेजी फिल्म हिन्दीमा डव भएपछि हेर्न मन पराउनेका लागि राम्रो साइट हो । यसमा हलिउडका हिन्दी डव गरिएका र अन्य मोबाइललाई हुने साइजका सबै खाले फिल्म पाइन्छ ।

७. World Free 4u
यो लोकप्रिय साइटमा हाइ क्वालिटी फिल्म डाउनलोड गर्न पाइन्छ । यसमा हलिउड देखि बलिउडका अनेक भाषाका चलचित्र पाइन्छ । यसको विशेषता अधिकाँश फिल्म उच्च गुणस्तरमा डाउनलोड गर्न पाइन्छ ।एजेन्सी 

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट