स्वस्थ रहन पाउनु सबैको अधिकार हो । स्वस्थ शरीर हुन स्वास्थ मस्तिष्क रहनु आवश्यक हुन्छ । दौडधूप र कामले गर्दा आफ्नो स्वास्थको ख्याल राख्न खोज्दा खोज्दै पनि कति मान्छेहरु आफ्नो शरीरलाई स्वस्थ राख्न असफल हुन्छन् । शरीर स्वस्थ रहेता पनि तनाव धेरै भएका मानिसमा अनेक रोग देखा पर्दछन् । पछिल्लो एक अध्ययनले त तनावका कारण क्यान्सर पनि हुनसक्ने देखाएको छ ।
हरबखत तनाबग्रस्त भएर बस्दा शरीरमा कार्टिसोन नामक स्ट्रेस हार्मोन पैदा हुन्छ । यसले शरीरमा अनावश्यक रुपमा मुटुको चाल बढाउने तथा शिरामा तनाब बढाएर उच्च रक्तचापको अवस्था आउने हुन्छ जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम बढाउँछ । यतिमात्र नभई त्यस्ता स्ट्रेस हार्मोनले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कम गराउँछन् ।
‘मान्छेका सारा समस्या उसले प्रत्येक दिन केबल पाँच मिनेट एउटा कोठामा शान्त भएर बस्न नसकेकाले पैदा हुन्छन् ।’ यो अभिव्यक्तिमा सत्यता छ, किनभने दैनिक रुपमा ध्यान गर्ने वा तनावलाई नियन्त्रण गरेर बाँच्ने व्यक्तिमा हृदयघात र पक्षघातका समस्या कम देखिने विज्ञानले पुष्टि गरेको छ । त्यस्ता मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ भएर लामो आयुसम्म बाँच्छन् । यतिभन्दा फेरि यो पनि सम्झिन जरुरी छ की अर्गानिक रोग अथवा जन्मजात हुने मुटु वा दिमागका नशाका रोगबाट निम्तिन सक्ने समस्यामा भने चिकित्सकसँग उचित सल्लाह र परामर्श लिन अत्यन्त जरुरी छ ।
तनाब र खराब जीवनशैलीबाट पैदा हुने समस्यामा चाहि माथि भनिएका उपाय सान्दर्भिक हुन्छन् । जस्तो स्वास्थ्यसम्बन्धी व्यवहार सुधार्ने, धुमपान–मद्यपान नगर्ने, तनाब नियन्त्रण गर्ने, नियमित ध्यान गर्ने, सरल जीवनशैली अपनाउने र प्राकृतिक आहारमा ध्यान पु¥याउने गर्दा आयु लम्बिन्छ र स्वस्थ भएर बाँचिन्छ ।
- Source: zestkhabar




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate