प्रजितालाई उमेर बढ्दै जाँदा यौवन सम्हाल्नै गाह्रो (भिडियो)

मिडिया एनपी,काठमाडौँ । आफ्ना गीतबाट श्रोतालाई लोभ्याउँदै आएकी गायिका प्रजिता गेलालले यस अघि माया पिरती र गीतसंगीतका कुरा गरेपनि अहिले भने वैँशकै कुरा गरेकी छिन् । उनले आफु जवानीमा प्रवेश गरेको भन्दै यो वैँश थाम्न साह्रै गाह्रो भएको बताएकी छिन् । उनले उमेर बढ्दै गएपछि वैँश चढेको र दुनियाँका युवाहरुले एक पछि अर्को गर्दै आफुलाई हेर्दै गएकाले जवानी थाम्न समेत गाह्रो भएको बताएकी छिन् ।
 PLAY

गायिका गेलालले यो कुरा आफ्नो निजी जीवनमा नभई उनको एल्बम प्रजितामा समावेश आई एम ब्युटिफुल बोलको गीतका माध्यमबाट यस्तो बताएकी हुन् । नरेश भट्राइका शब्दमा, शैलेश अधिकारीको संगीत, तथा राहुल प्रधानको एरेन्ज रहेको गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।

जसमा मोडेल निरञ्जन र बर्षाले गायिका गेलालको वैँशको उम्लिँदो जवानीलाई आफ्ना माध्मबाट पोख्न सहयोग गरेका छन् ।

भिडियोलाई निशान घिमीले सम्पादन गरेका हुन् ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट