मुम्बई : बलिउड नायिका बिपाशा बासु स्टारर फिल्म ‘अलोन’ को ट्रेलरले इन्टरनेटमा निकै धमाका मच्चाउन सफल भएको छ । ट्रेलरलाई अहिलेसम्म ६० लाख मानिसहरुले हेरिसकेका छन् । ६० लाखको हिटसँगै यो सबैभन्दा धेरै हेरिएको हरर ट्रेलर बनेको छ ।
यसका साथै ‘अलोन’को ट्रेलरले राज–३ र रागिनी एमएमएस–२ को ट्रेलरलाई पछि पार्न सफल भएको छ । रागिनी एमएमएस–२ को ५.१ लाख हिट थियो भने राज–३ ले ३०.३ लाख हिट्स पाएको थियो । फिल्ममा बिपाशा र करन सिंहको ग्रोवरको मुख्य भुमिका रहेको छ भने यसमा बिपाशा दोहोरो भुमिकामा अभिनय गरिरहेकी छिन् ।
यसमा बिपाशाको भयानक साथै निकै सेक्सी अवतारमा देखा परेकी छिन् । फिल्ममा इन्टिमेट सिनहरु पनि छायांकन गरिएको छ । भुषण पटेलद्वारा निर्देशित फिल्म १६ जनवरी रिलिज हुने तय भएको छ ।
साभार श्रोतः कुविक एनपी न्युज