चिया कफी पिउनु हुन्छ ? चिया कफीका यी रहस्य जो कसैलाई थाहा नहुन सक्छ, जानी राखौं

CLICK TO VIEW
चिया कफी हाम्रो दैनिकीको अभिन्न अंग नै हो भन्दा पनि हुन्छ । अधिकाँश मानिसलाई चिया कफीको लत नै लागेको हुन्छ । चिया कफी पिउँदा हुने राम्रा र नराम्रा पक्षको विषयमा धेरै अघी देखि नै चर्चा हुँदै आएको छ । तर यसबाट बढी फाइदा हुन्छ कि घाटा भन्ने चाँहि अहिले सम्म निष्कर्ष निस्कन सकेको छैन ।

यहाँ चियाँ कफी खानुका फाइदा र घाटाबारे चर्चा गरिएको छ ।

डाइटीशियनहरुका अनुसार चिया र कफी दुवैमा क्याफिनको मात्रा अत्याधिक हुन्छ ।

  • १ मस्तिष्कलाई सक्रिय राख्छ र फ्रेस अनुभव भैरहन्छ
  • २ केही समयको लागि थकान समेत मेटाउँछ
  • ३ सामान्य टाउको दुखाइमा समेत चिया कफी पिउनु राम्रो मानिन्छ
  • ४ दम हुने विरामीले पनि चिया कफी खाँदा फाइदा हुन्छ
  • ५ चियामा हुने ट्यानिन भाइरसलाई मार्न उपयोगी हुन्छ
  • ६ चियाले शरीरमा हुने कोलेस्ट्रोललाई कम गर्छ
  • ७ ब्ल्याक वा ग्रिन टी क्यान्सरबाट बचाउँन उपयोगी मानिन्छ
  • ८ यसले मुखबाट निस्किने दुर्गन्ध पनि कम गर्छ
  • ९ कफी पिउँदा अल्जाइमर, कलेजोको समस्या, पार्किन्सन र टाइप-2 डाइबिटीजको जोखिम समेत कम हुन्छ ।


  • १ कफिनले शरीरमा उर्जको मात्रामा प्रभाव पर्छ । शुरुमा उर्जा दिएको जस्तो लागेपनि दीर्घकालमा यसले उर्जामा नकारात्मक असर गर्छ । र थकान महसुस हुन्छ ।
  • २ बढी क्याफिनको मात्र भयो भने शरीरमा कोलेष्ट्रोलको मात्रा बढ्छ । चार कप कफी पिउँदा शरीरमा कोलेष्ट्रोलको मात्रा ५ प्रतिशत सम्म बढ्छ ।
  • ३ चाहिने भन्दा बढी क्याफिन सेवनले आन्द्रामा एक प्रकारको सतह जम्मा हुन्छ यसले पाँचन प्रणालीमा नकारात्मक असर पर्छ । बढी चिया कफी पिउने ब्यक्तिलाई कब्जियतको समस्या हुन्छ ।
  • ४ चिया कफिको अत्याधिक सेवनले शरीरलाई कमजोर बनाउँछ र रक्तचाप समेत बढ्ने खतरा हुन्छ ।
  • ५ चिया कफी बढी भयो भने एसिडिटी बढ्छ र निद्रा नलाग्ने समस्या हुन्छ । खासमा शरीरमा चिया कफी बढी भो भने मस्तिष्कमै समस्या हुन्छ जसले निद्रा लाग्न दिँदैन ।
  • ६ चिया कफीमा हुने क्याफिनले टाउको दुख्ने र चिट्चिटेपन पैदा गर्छ ।

यति पढेपछि चिया कफीको सेवन गर्दा कति फाइदा वा कति घाटा हुन्छ भन्ने कुरा तपाइँ नै निर्क्यौल गर्नुस्

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट