*श्रीमानलाई बचाउनका लागि श्रीमती भइन् सबैको अगाडि निर्वस्त्र (भिडियोसहित)*

यदि कोही व्यक्तिले सबैभन्दा अचम्मको कुराहरु कसले गर्दछ भन्ने प्रश्न सोधेको खण्डमा तपाईंमध्ये धेरैको उत्तर ‘चिनियाँ’ होला । चीनमा नै अचम्मको घटनाहरु भइरहने भएका कारण धेरैजसो मानिसहरुले चिनियाँलाई यस्ता कुरामा अगाडि हुने भन्ने गरेको आम मानिसहरुको बुझाई छ । यहाँ फेरि यस्तै अचम्मको घटना सार्वजनिक भएको छ । एक जोडीले निकै धेरै रक्सी पिएपछि टपलेस भएर गाडी चलाउन थाले । ट्राफिक पुलिसले जब उनीहरुलाई यसो गर्नबाट रोके तब कारमा सवार महिला सबैको अगाडि कपडा उतार्न थालिन् ।
अझ बुजी जियाओ सेन–लि, ३०, ले ट्राफिक पुलिसहरुसँग भिडन्त नै गर्न थालिन् । यो घटनाको भिडियो इन्टरनेटमा भाइरल भएको छ । जानकारीका अनुसार सेन र उनका श्रीमान् २८ वर्षीय सिंग सेहलाई पुलिसले नशामा भएकै अवस्थामा रोकेका थिए ।
ट्राफिक प्रहरीले जब यी दुबै जोडीलाई पक्राउ गरे तब उनीहरु टपलेस थिए । पुलिसले उनीहरुलाई यसो गर्नबाट रोक्दा सेहले पुलिसमाथि नै हमला गरेका थिए जसलाई उनकी श्रीमतीले पनि सहयोग गरेकी थिइन् । घटनाको क्रममा त्यहाँ निकै धेरै भीड भएको थियो । तत्पश्चात उनका साथीहरु कारबाट निस्किए। उनीहरुको मद्दतको लागि त्यहाँ पुगेका थिए ।

श्रीमानलाई बचाउनका लागि श्रीमती भइन् नग्नः
डेली मेलका अनुसार, चीनको बेन्झाउ इलाकामा भएको यो घटनाको भिडियो त्यहाँ उपस्थित एक व्यक्तिले बनाएका हुन् । त्यहाँ भएका लियांग याओ (२५)ले यो निकै विचित्र र सबैलाई अचम्मित बनाउने घटना भएको बताए । कोही पनि नियन्त्रणमा थिएन । सबैजना एकअर्कामाथि खनिएका देखिन्थे । नशामा लिप्त यी जोडीलाई सम्हाल्नका लागि पुलिसहरुलाई निकै हम्मे–हम्मे परेको थियो । पुलिसको हालत पनि खराब भयो र उनकी श्रीमतीले त्यहाँको आगोमाथि घ्यु थप्ने काम गरिरहेकी थिइन् । उनले सबैको अगाडि कपडा खोल्दै पुलिससँग भिडन्त गर्न थालिन् ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट