माघ, काठमाडौं । 
आफ्नी बिरामी आमाको लागि औषधी लिएर एक सुरले हिडिरहेका थिए प्रेमी,  एक्कासी आफ्नी भुपु माया अर्कैको रातो गाडिमा आफ्नै साइडबाट जाँदा मनले थाम्नै सकेन अनि झर्न थाल्यो आँसु अनि रुँदै भन्न थाले...
यस्तै मामिर्क कथालाई समेटिएको लोकदोहोरी गित रातो गाडि यतिखेर चर्चाको शिखरमा छ । सागर रेग्मी रितेशको पहिलो लोकदोहोरी गित रातो गाडिलाई जनता डिजिटलले बजारमा ल्याएको हो । निकै भावुक र मनछुने शब्द लेख्नसक्ने प्रतिभा भएका सागर आफ्नो पहिलो एल्बमलाई यसरी दर्शक तथा स्रोताले मन पराइदिँदा निकै खुसि भएको बताउँछन् । मेरो लोकदोहोरी क्षेत्रको यो पहिलो गित हो तर पनि दर्शक तथा स्रोताले यति छोटो समयमै यतिधेरै माया गरीदिनुभो म एकदम खुसि छु, सागरले भने । 
लोकगितबाट पछिल्लो समय लगानी उठाउन समेत गाह्रो छ किन आट्नु भो ? भन्ने हाम्रो पश्नमा, यतिबेला सुचना प्रबिधिले गर्दा मान्छेको हातहातमा गितपुग्न कुनै समय लाग्दैन तर कुरा लगानीको हुन्छ, लगानी गर्नेले गित दर्शक तथा स्रोतामाझ पुर्याउँदा कुनै मापदण्ड बनाइयो भने दर्शक, स्रोता र गित निकाल्नेहरु सबैका लागि राम्रो हुनेथियो ।
सो गितमा स्वर दिएका हुन् तेजश रेग्मीले, जसका पहिलाका गितहरु मकै खाउली महिसित, रक्सी चुरोट हटाएको छु लगायतका थुप्रै चर्चित गितहरु हुन् । गितमा लय पनि तेजश रेम्मीकै रहेको छ । साथै स्वरमा साथ दिएकी छिन् गायिका बिष्णु माझिले । गितलाई सुजन बरालले निर्देशन गरेका हुन भने मुकेश हुमागाईले खिचेका हुन् । Source: aradioaudio




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate