आजको राशिफल<> वि.सं. २०७१ माघ २४ गते शनिबार


शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा पटक्कै ध्यान केन्दित हुन सक्दैन । तर दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्ने छ । रिसको कारणले असर पुर्याउने सम्भावना छ । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्दा बेफाइदा हुने सम्भावना देखिन्छ । रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ । तर अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
मनोरञ्जन र प्रतिफल नदेखिने क्षेत्रमा खर्च गर्न मन हौसिने छ । तपाईंको कुरा काट्नेको सङ्ख्या बढे पनि परोपकारबाट भविष्यमा असल नतिजा प्राप्त हुनेछ । पारिवारिक झैझमेलाले सताउन सक्छ, अभिभावकसँगको सम्बन्धमा चिसोपन आउन नदिनु राम्रो हुन्छ । चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । सहयोगीको भर नपर्नु राम्रो, बरु जान्नेबुझ्नेसँग सल्लाह लिनु राम्रो हुन्छ । मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । सामाजिक र पारिवारिक सम्बन्ध बिग्रन सक्छ । दिन दिक्क र झर्को लाग्दो गरी बित्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आज दिउँसोबाट मनमा उत्साह र उमंगमा सकारात्मकता देखिन सक्छ, तर भनेजस्तो सफलता प्राप्त हुन गाह्रो छ । तपाईंका असन्तुष्टि बढ्ने छन् । अधुरा कामहरू पूरा हुन सक्दैनन् । स्वास्थ्यपक्षको समस्या यथावत् रहने छ । धार्मिक, आध्यात्मिक र सामाजिक काममा मन जाने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
साँझसम्म आजको दिन राम्रै छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्न सक्छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने सम्भावना छ । सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ । चिन्तनमूलक र बौद्धिक काममा मन केन्द्रित हुन सक्दैन । प्रेममा धोका हुने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेहरुले आज विरहभाव प्रकट गर्नेछन् । व्यापार गर्नेले अकल्पनीय हानि ब्यहोर्नु पर्ने हुनसक्छ, लगानीका क्रममा सचेत रहनुहोला । कर्मचारीले व्यर्थमा विवाद गर्नुपर्छ । विद्यार्थीहरु मनोरञ्जनमा भुलिनाले दीर्घकालिक असर पर्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो हुँदैन । तपाईंको परिश्रम खेर जान सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी मामिलामा समय दिन नसक्नाले केही धमिलोपन आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिनभरि मन एकतमासको हुनेछ । अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि समय र धन खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । Source: jyotishsathi

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट