सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। प्रयत्न गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। दिउँसो १:१३ बजेपछि स्थिति अलि कमजोर बन्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
पूर्वाह्न समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। अपराह्नदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। आफ्ना योजना गोप्य राख्दा बुद्धिमानी हुनेछ। दिउँसो १:१३ बजेपछि स्थितिमा सुधार आउला। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार तथा उद्योगतर्फ लाभ मिल्नेछ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
पढाइलेखाइमा त्यत्ति ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत कममात्र फाइदा होला। धैर्यले काम लिने समय छ। अप्रिय समाचारले खिन्नता बढ्ला। पशुपालन तथा कृषि क्षेत्रमा सामान्य मात्र लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा कमजोर भइनेछ। अपराह्नबाट प्रतिष्ठित काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धा गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
विगतका निर्णयले केही अप्ठ्यारोमा परिने देखिन्छ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, साथीभाइसँग प्रतिस्पर्धाको वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ। अपराह्नदेखि अप्रिय समाचारले केही खिन्नता बढ्ला। व्यापार, पशुधन र जमिनको कारोबारबाट लाभ हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। दिउँसो १:१३ बजेदेखि विश्वासपात्रले धोका दिन सक्छन्। सानातिना काममा पनि चुनौती देखा पर्न सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । लेनदेनमा हानि र अनावश्यक वादविवादमा परिने समय छ। विचारलाई पनि तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। काममा केही बाधा देखिएलान् । तापनि, प्रयत्न गर्दा अपराह्नदेखि समय फलदायी रहनेछ। प्रतिस्पर्धी परास्त हुनुका साथै रोकिएका काम बन्नेछन् र व्यावसायिक काममा फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने र अस्वस्थताको योग छ । धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
प्रतिस्पर्धामा केही कमजोर भइनेछ। काममा आलस्य र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा पनि लगानी बढाउनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ । अपराह्नबाट स्थितिमा सुधार आउला नयाँ काम सुरु गर्ने मौका आउला। आत्मबलमा पनि बढ्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइलेखाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। अपराह्नदेखि काममा बाधा, अनावश्यक खर्च बढ्ने र केही नोक्सानीको समय छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ, सचेत रहनुहोस्। स्थान परिवर्तन वा टाढाको यात्रा हुने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। अपराह्नबाट आम्दानी बढ्ने र व्यापारमा पनि प्रशस्त फाइदा हुने देखिन्छ। कीर्तिमानी काम गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
अस्वस्थता अनुभूति हुनेछ र पनि अरूका कामको समेत बोझ उठाउनुपनर्ला। अरूका काममा समय बित्न सक्छ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। दिउँसो १:१३ बजेदेखि कर्मसिद्धि र प्रतिष्ठा पाइने योग छ। रोकिएका काम समेत सजिलै सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। Source: baralguru




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate