आजको राशिफल ➲ वि.सं. २०७१ फाल्गुन १९ गते मंगलबार


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : 
नयाँ काममा हात हाल्ने समय छ। महत्वाकांक्षी योजना फलीभूत होलान् । कृषि–चौपायाबाट प्रशस्त लाभ मिल्नेछ। स्थायी सम्पत्ति जोड्ने मौका छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। काममा मातापिताको सहयोग प्राप्त होला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। प्रतिस्पर्धी सजिलै परास्त होलान्। आम्दानी अवश्यै बढ्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
अनावश्यक वादविवादमा परिने समय छ। बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
सहयोगीहरूले साथ दिए पनि स्वास्थ्यका कारणले समस्या आउला। तापनि, प्रयत्न गर्दा काम बन्ने देखिन्छ। विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने मौका छ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। तर, पेटको खराबीले स्वास्थ्यमा कमजोर बन्न सक्छ, सचेत रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। काममा लगानी बढाउने समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। बिस्तारै फाइदा लिने समय छ, धैर्यपूर्वक काममा जुट्नुहोला। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। केही मात्रामा खर्च पनि बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
केही परिश्रम परे पनि दाम, नाम, इनाम हात पार्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइलेखाइमा पनि प्रगतिको समय छ। समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको सदुपयोगबाट राम्रो लाभ हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा लगानी बढाउनुपर्ला। व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कर्मसिद्धिको समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। अरूको मन जित्न सकिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
स्वास्थ्यगत समस्याले सताउने समय छ। उपचारमा खर्च गर्नुपर्ला। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम भने यथावत् सम्पादन हुनेछन्। तर, विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला। आजको भ्रमण उपलब्धिमूलक नहुन सक्छ। इष्टदेवको पूजा–उपासनाले तपाईंलाई फाइदा हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ ज्ञान सिक्ने मौका छ । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
आफ्नो अधिकार संरक्षण गर्न सचेत हुनुपर्ने समय छ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। मौकाको फाइदा लिन सकिनेछ। सुरुमा खर्च भए पनि यात्रामा विशेष लाभ होला। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट