आजको राशिफल ➲ वि.सं. २०७१ फाल्गुन २२ गते शुक्रबार


भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखित बन्नु पर्ने छ । मायाप्रेम, प्रणयप्रसंग र रतिरागका लागि आजको दिन प्रतिकूल देखिन्छ । विपरीतलिङ्गीको विश्वास गर्नु राम्रो हुँदैन, मन कुँडिने सम्भावना छ । पारीवारिक सहयोग र सद्भावमा समेत कमी आउने छ । आत्मबलमा कमी हुनेछ । ठूलाबडाले असहयोग गर्नेछन् । बन्दव्यापार मध्यम रहेको छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
घरपरिवारमा स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् । पैतृक सम्पत्तिका बारेमा कुनै विवाद छ भने त्यसले ठूलो रुप लिन सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन । दूरदराजमा रहेको स्थानको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
बन्दव्यापारमा फाइदा छैन । घरमा आफूभन्दा मुनिका नातेदारको क्रियाकलापले असन्तुष्टि बढाउने छ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । अनायासै परोपकार र धार्मिक क्षेत्रमा खट्नु पर्ने छ । मनमा विरक्ति र निराशाका भावना मँडारिने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आलोचकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिने छैनन् । विगतमा गरिएको मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ । रोकिएका काम सम्पादन हुन गाह्रो छ । धनागमको मार्गमा देखिएका चुनौती र कठिनाइको मूल्यांकन गरिने छ । सभा–समारोहमा सहभागी हुनु पर्ने भएकाले काममा बाधा पुग्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । इष्टमित्रको चाप र जिम्मेबारी वहन गर्नु पर्नेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । जोसुकैलाई मन पेट खोलेर नदिनु होला । सामान्य कुरालाई गम्भीरतापूर्वक लिने बानीले दुखित भइने छ । सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठा पाइने छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
परिस्थिति प्रतिकूल छ । मनमा दोधारको अवस्था सिर्जना हुनेछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पनेृ हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन । आर्थिक तनावलाई झेल्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
पठनपाठनमा प्रगति हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजको समय राम्रै छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले अझ चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले निराशा ब्यहोर्नुपर्छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी श्रममूलक काममा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
प्रतिकूल परिस्थितिले छाडेको छैन । शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन् । चाहना र मनोकाङ्क्षा पूरा गर्न सकिने छैन । समाजका प्रतिष्ठित व्यक्तिले तपाईको काममा बेवास्ता गर्नेछन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
एकाबिहानै पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट