*हामी पनि कमेडी फिल्म बनाउँदै छौंः पाँडे*


*फागुन २२, काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुने टेलिसिरियल भद्रगोलले अहिले बजारमा निक्कै चर्चा कमाई रहेको छ । यसमा अभिनय गर्ने सबै कलाकारको एउटा न एउटा थेगो भएकाले पनि यो टेलिसिरियल अन्य भन्दा अलि भिन्न छ । भद्रगोलमा पाँडेको भुमिकामा अभिनय गर्ने कलाकार हुन अर्जुन घिमिरे ।  नुवाकोट घर भएका घिमिरेसँग रेडियो अडियोको कार्यक्रम चम्पा चमेलीमा गरीएको कुराकानी : 
  • यतिखेर त तपाई  निकै चर्चामा हनुहुन्छ  ? 

हो टेलिसिरियिल भद्रगोलका  कारण हामी सबै कलाकार अहिले बजार चर्चित नै छौ । यो कार्यक्रम प्रसारण भएको छोटो समयमै आम दर्शकले मन पराई दिनु भएको छ । गाउँदेखि शहरसम्मका दर्शकले भद्रगोललाई मन पराई दिनु भएको भन्ने सुन्दा धेरै खुसी लाग्छ । यो सबै हुनुमा भद्रगोलमा अभिनय गने सबै कलाकारको मेहनतको प्रतिफल ठान्दछु  । 
  • भद्रगोललाई सबैले मन पराउनुको मुख्य कारण  के होला ? 

भद्रगोलको प्रत्येक भागमा उठाएका विषयबस्तु फरक फरक हुन्छन् । यसमा अभिनय गर्ने कलाकारको भेषभुषा भिन्न शैलीको छ अनि प्रत्येक कलाकारको आ–आफ्नै थेगो भएकाले पनि भद्रगोललाई आम दर्शकले मन पराउनु भएको हुन सक्छ । 
पाँडे र जिग्रीले गर्दा चलेको हो कि ?
 कुनै एउटा कलाकारको भुमिकाको कारण यो चलेको होईन । कुनै पनि एउटा कलाकारको अभिनयले गर्दा चलेको भन्न मिल्दैन । कुनै दर्शकले पाँडेको अभिनयलाई मन पराउनु हुन्छ । कसैले जिग्रीको भुमिका मन पराउनु हुन्छ । समग्रमा भन्नु पर्दा यसमा समावेश विषय बस्तु  अभिनय गर्ने कलाकारको कारण भद्रगोल चलेको हो । 
  • पाँडेको स्वर निकाल्दा त गाह्रो हुन्छ होला नि ? घाँटीको समस्या आउँदैन ? 

धेरैले यस्तै प्रश्न सोध्नुहुन्छ तपाईलाई त घाँटीको समस्या छ होला नि, भनेर । घाँटीको समस्या परेको छैन । स्वर पूरै घाँटीबाट निकाल्ने गर्दछु । यसको लागि मैले ११ महिना अभ्यास गरेको थिए । यो आवाज निकाल्नका लागि मेरा सहकर्मी कुमार कट्टेल (जिग्री)को ठुलो हात छ ।  उहाँले नै यो आवाज जन्माइ दिनुभएको हो । 
  • तपाई त नुवाकोटे, अनि स–परिवार उतै हुनुहुन्छ कि ? 

मेरो घर नुवाकोट ओखर पौवा ४ मा  पर्दछ । सेतो रातो माटोले लिपिएको  चिटिक्क परेको छ मेरो घर । घरमा ममी बुबा हुनुहुन्छ । मैले विवाह गरि सके । एक वर्ष भन्दा ठुली छोरी पनि छ । 
  • सानो छँदा पनि कलाकारितामा हुनुहुन्थ्यो ? 

म कक्षा पॉचमा पढदै थिए । हाम्रो स्कूलमा धेरै सुटिङ हुन्थ्यो । एक दिन सुटिङ हुदै थियो म स्कूलेको पढाई नै छाडेर सुटिङ हेर्न पुग्थे । म पढाईमा अलि फटाहा टाईप कै थिएँ । अहिले म पढेकै स्कूलमा भद्रगोलकौ सुटिङ हुन्छ । 
  • कलाकारिता भन्दा अघि अरु जागिर पनि गर्नु हुन्थ्यो कि ? 

एसएलसी दिएर पत्रकार बन्ने सोचले काठमाडौं आएर  आरआर क्याम्पसमा भर्ना भए ।  पछि सेनामा जागिर खाए । संकटकालको बेला थियो  सेनाको जागिर पनि छोड्नु पर्‍यो । हाम्रो ग्रुप नै थियो सबैलाई जागिर छोडाइएको हो । संकटकालमा खाएको जागिर संकटकालमै हिड्यो ।
  • अहिले हाँस्य सिरियल  नै धेरै आउन थाले नि ? गाह्रो हुँदैन ? 

धेरै भन्न मिल्दैन । अब औंला भाँचेर गनेपनि कति नै छन् र ।  यतिधेरै दर्शकहरुको लागि थरिथरिका दुई चार वटा सिरियल त हुनु प¥यो नि हैन र ? बरु म त अझै पुगेको छैन भन्छु । जति प्रतिभाहरु छन्, ती निस्कनु पर्छ । विभिन्न तरिकालै दर्शकहरुलाई मनोरञ्जन दिनुपर्छ । कमेडी भनेर नचाँहिदो गरेर हसाउनु भएन ।  सन्देश दिँदै हसाउनु राम्रो हो । 
  • अहिले त भद्रगोलको गाडी निकै रफ्तारमा छ, कहिलेसम्म गुड्ने होला त ? 

यो गाडी निरन्तर गुडिरहन्छ । दर्शकहरुले नै यो पाँडे, जिग्री कत्ति आइरहेको होला, जुनबेला पनि एउटै फटाही कति गरिरहेको होला भनेपछि मात्र गाडी रोक्ने हो नी, होईन ? त्यस पछि  नयाँ शैलीबाट अगाडि बढ्ने छौं ।   
  • पहिलो पटक क्यामेरा फेस गरेको कुनै अनुभव छ  ? 

मैंले पहिलो पटक क्यामेरा फेस गरेके चाँहि २०५५ साल तिर हो । म स्कूलबाट फर्किदै थिए बाटो एउटा गितको सुटिङ  भईरहेको रहेछ ।  पछि निर्देशकले बाबुहरु तिमीहरु यहाँबाट दगुर्दै उता जाने है भनेर पछाडिबाट क्यामेराले खिचिएको थियो । त्यो नै पहिलो क्यामेरा फेस गरेको हो । धेरै खुसी लागेको थियो । पछि गित निस्किएपछि गाउँमा एउटा मात्र टिभी थियो त्यहाँ पुगियो अनि टिभी हेर्दा त ढाड मात्र आएको रहेछ । अनुहार त आउनै पाएनछ । गाउँमा धेरै हल्ला गरियो म पनि टिभीमा आउँदैछु भनेर अन्तिममा त ढाडमात्र देखियो । 
  • भविश्यको  योजना  भनिदिनुस न ? 

हाँस्य टेलिश्रृंखला भद्रगोल भर्खरै सुरु भएको छ । भद्रगोलको बिरुवा मात्र रोपेका छौ । मलजल हाल्ने काम भईरहेको छ । भविश्यमा यसलाई  अझ राम्रो बनाउने जर्मको मै छौ । त्यसैगरी हामी दुई कुमार कट्टेल  र म मिलेर हाँस्य चलचित्र बनाउने योजना छ । आउँदो बैशाखबाट चलचित्रको काम सुरु हुन्छ होला । जुन चलचित्र अहिलेसम्मकै बेष्ट कमेडी चलचित्र बनोस् भन्ने योजना छ । 
– एरेडियो अडियो डटकम र उज्यालो अनलाईन डटकमको सहकार्यमा ।

र, यो पनि पढ्नुहोस्ः भद्रगोलका बले भन्छन् – “गरीबको छोरो भनि ढाँटेर सस्तोमा एक्टिङ सिकेको थिएँ”

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट