साउन १ बिहीवार,काठमाण्डौ । गत महिना एक कार्यक्रमको दौरानमा नायिका सुष्मा कार्कीलाई ‘अनुप्रस्था’ ब्याण्डका भोकलिस्ट नरेन शाहीले सार्बजनिक कार्यक्रमैमा पिटे पछी हट आइटम शुष्मा र प्रेमी नरेन बीच चिसिएको सम्बन्ध अन्तत:टुंगिएको छ । तथापि आन्तरिक मनमुटाव र कलह भने रोकिएको छैन । केहि दिन अघि मात्रै एक कार्यक्रमका आयोजकले पारिश्रमिक नदिएको कारण हनुमान ढोका पुग्दा पनि हनुमान ढोका प्रहरीकै अगाडी पनि सुष्मालाई प्रेमीले गालि गलौज र हात पात गर्ने कोसिस गरेका थिए । त्यस्तै सुष्मा सो कार्यक्रमको पारिश्रमिक लिनको लागि मंगलवार दिउसो बेस्ट फुड क्याफे पुतलीसडक पुगेकी थिइन् । सो समयमा गायक नरेन पनि त्यही आएका थिए । त्यहा सुस्मालाई देखेपछी एक्कासी नरेन सुष्मामाथि जाइ लागे र गालि गलौज गर्दै हात पात गर्ने कोसिस गरे तर त्यहा भएका अन्य कलाकारले सुष्मालाई पिटाइ खान बाट बचाए । सुष्मालाई हात पात र गालि गलौज गरे पछी सुष्माले आफ्नो दाइलाई फोन गरे पछी नरेन भागेको सुष्माले फिल्मीबजार डटकम संग बताइन् । रिलेसन ब्रेक अप भएको डेढ महिना भैसक्दा पनि भेट्ने बित्तिकै किन झगडा त भन्ने जिज्ञासामा सुष्मा भन्छिन् ‘त्यो पागल हो,साइको हो त्यस्ताको कुरै नगर्नुस ।’ सुष्माको प्रेम कहानी यस्तो छ- ३ वर्ष पहिले सुष्माको नरेन संग भेट भएको थियो । उक्त भेट पछी बिस्तारै नजिक हुदै जादा केहि समयमा नै यी दुइ अफ्यरमा आए । गहिरो प्रेममा रहेपछि यी दुइले संगै बस्ने अठोट पनि गरे त्यसपछि आपसी समझदारीमा ९ महिना यी दुइ लिभिंङ टुगेदरमा एउतै छातामुनि बसे । सुस्माको सुटिङ चल्दा पुर्याउन र लिन जाने कार्यक्रममा सुष्मालाई ल्याउने लैजाने गरेका नरेनले एक फिल्मको सुटिंगकै क्रममा पनि सुष्माले हट दृश्य दिएको भन्दै झगदा गरेका थिए । यसरी नै चलेको यी दुइको माया प्रेम कहिले ब्रेक अप त कहिले प्याच अप हुन्थ्यो,र पनि सुष्मा आफ्नै प्रेमी हो भनेर सहेरै रिलेसनमा बसेकी थिइन् सोहि क्रममा अन्तत: नरेन बिबाहित भएको र उनकी पत्नी गाउमा रहेको रहस्य खुलेपछि मनमुटाब पनि भयो त्यस कारण सुष्मा आमा संग त नरेन आफ्नो बाटो लागे । सुष्माका अनुसार लिभिङ टुगेदर बाट अलग भएको बेला १४ दिन ब्रेक अप हुदा नरेनले अर्कै प्रमिका बनाएर हिडेका थिए । फेरी पनि सुष्माको मन पग्लियो पुन यी दुइ एक भए । सुष्मा फिल्म क्षेत्रबाट बिस्तारै मलिन हुदै गर्दा यी दुइले मिलेर रेस्टुरेन्ट पनि चलाए तर यस्तै झगडा र मनमुटाबका कारण उक्त रेस्टुरेन्ट छोडे । सुश्माको जन्मा दिनमा समेत नरेन रती अबेर ११ बजे आएको र जन्मा दिन मनाए पछी राती सामान्य झगडा गरेका थिए । ‘नरेनले आफुलाई पटक पटक कुट्दा,अपशब्दले गालि गलौज गर्दा पनि सहदै आएको,बिबाहित भएको थाहा पाएपछि पनि नरेन प्रतिको माया मोह नघटेको निरन्तर रुपमा माया गर्दै आए, र उसै संग जिन्दगी बिताउने चाहाना थियो तर आफ्नो अन्धो मायाले धोका दियो’ सुष्माले गह भरि आसु लिदै गुनासो पोखिन् । उनकै अनुसार नरेनले आफुलाई पटक पटक ‘त पोर्न स्टार हो ’ भन्दै मुखमा जे आउछ त्यहि शब्दले गालि गर्ने र पिट्ने गरेका थिए भने सुष्माको आमालाई समेत उनले गाली गर्ने गरेका थिए । यस्तै हुदै गर्दा पनि फुर्सदमा एकै ठाउमा हुदा सम्म पनि जति बेला पनि उसै संग स्काईपमा च्याट गर्ने गर्थे,यति सम्मकि वास रुम जादा पनि स्काईपमै झुन्डिने गरेकी थिए,उसकै नाम ढाडमा समेत लेखेको छु तर मेरो मायालाई बुझ्न सकेन अहिले उल्टै सुष्माले मेरो जीवन बर्बाद गरी भन्दै हिड्छ,बाहिरि मान्छे संग भलाद्मी भएर राम्रो भएर कुरा गर्छ ब्यबहार गर्छ तर मलाई कस्तो अत्याचार गर्यो त्यसको कुनै सिमा नै रहेन । आफ्नो ब्यथा कसलाई भनु,उसकै कारण परिवार सदस्य संग पनि सम्बन्ध चिसियो,फिल्मीकर्मी संग पनि पहिलेको जस्तो सम्बन्ध हुन सकेन ।कुनै पनि केटा संग बोल्नु,कुरा गर्नु हुन्थेन म उसकै मायामा भक्ति थिए,तर उ भने लोयल हुन सकेन, त्यसकारण पनि मेरो ब्यथा र पिडा मनमै पिल्सिएको थियो । तर अब पारिवारिक रुपमा राम्रो सम्बन्ध बनाएकी छु, उह संग अब पुन सम्बन्ध जोड्न सक्दिन,जे भयो,भयो अब राम्रो तरिकाले फिल्म खेल्छु,बिग्रेका सम्बन्धहरु सुधार्न चाहन्छु । -स्रोत फिल्मीबजार
समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट