उत्तराखण्ड सरकारको खराब मौसमको चेतावनीको बावजूद योगगुरु बाबा रामदेव करिब ४५० विद्यार्थीहरुसहित यमुनोत्रीमा गएका कारण त्यहाँ बिचमै फसेका छन् । निकै खराब मौसमका कारण बुधबार उत्तराखण्ड सरकारले चारधामको यात्रा तीन दिनका लागि रोकेको थियो ।
बाबा रामदेवको यो कदममा उत्तराखण्ड प्रशासन निकै रुष्ट भएको छ । उत्तराखण्डको डीजीपी बिएस सिद्धुले बाबा रामदेवदलाई खराब मौसमको चेतावनी दिइएता पनि बच्चाहरुलाई यमुनोत्रीमा लिएर गएको कुरामा निकै आपत्ति जनाएका छन् । उनले भने, ‘यदि ती बच्चाहरुमाथि केहि अप्रिय घटना भएमा रामदेव विरुद्ध कारवाही हुने छ ।’
यतिबेला उत्तराखण्डमा भएको भारी वर्षाले पछिल्लो वर्ष आएको प्राकृतिक आपत्को याद ताजा गरिदिएको छ । (एजेन्सी)