बसभित्रै युवतीमाथि सामूहिक बलात्कार

आरपी सुवेदी
२२ साउन, नेपालगन्ज । बस चालक र सहचालकको मिलेमतोमा नेपालगन्ज बसपार्कमा बुधबार बिहान एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
बाँके प्रहरीका अनुसार रुकुम स्थायी घर भई मामाको घर जान आएकी १८ बषिर्या युवतीलाई नेपालगन्ज बसपार्कमा उनी यात्रा गरेको बसका चालक र सहचालकले बलात्कार गरेका हुन् ।
घटनामा संलग्न दाङ्ग तुल्सीपुर ९ घर भई ना ४ ख ५१६७ नम्बको वसमा सह चालकको काम गर्ने स्याने भन्ने सुमन विसी र दैलेख नारायण नगरपालिका ८ घर भई ना ३ ख ८७१३ नम्बरको वसका चालक चंख्ये भन्ने अजिव सुनारलाई पक्राउ गरिएको छ ।
शमशेरगंज ओर्लनुपर्ने ती युवतीका झोला र मोबाइल सहचालकले लुकाइदिएपछि उनी नेपालगंज बसपार्कसम्म आउन बाध्य भएको अनुसन्धानबाट देखिएको प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले बताए । बसभित्रै आफ्ना सामानको खोजीमा भौंतारिएकी ती युवतीलाई सवै यात्रु झरेपछि बिहान करिव ३ बजे दुई जनाले बसभित्रै बलात्कार गरेको अनुसन्धानमा देखिएको छ ।
नेपालगन्जबाट सादा पोशाकमा खटिएका प्रहरीले दाङको तुलसीपुरबाट उनीहरुलाई पक्राउ गरेको जल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक किसनसिंह बुडालले जानकारी दिए । पीडित युवतीको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
Source: http://www.onlinekhabar.com/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट