जी नारायणबहादुर क्षेत्री |
युवा छँदा क्रिकेट र फुटबल खेलियो। क्याम्पस पढ्दा पनि म विभिन्न खेलकुदमा भाग लिन्थें। तर जिम्मेवारी बढेसँगै खेलकुदमा सक्रियता कम हुँदै गयो। स्वास्थ्यका लागि भए पनि म कुनै खेल खेल्न चाहन्थे। यसैक्रममा ब्याडमिन्टन खेल्नेहरूको संगतमा परें। मेरो टोलमा ब्याडमिन्टन खेल्नेहरू धेरै थिए। प्रत्येक दिन उनीहरू ब्याडमिन्टन कोर्टमा सक्रिय भएको देख्दा मलाई यो खेलप्रतिको आकर्षण देखेर अचम्म लाग्थ्यो।
बिस्तारै थाहा भयो, ब्याडमिन्टन त स्वास्थ्यका लागि निकै राम्रो खेल रहेछ। जुनसुकै उमेरले खेल्न मिल्ने भएकाले ब्याडमिन्टन खेल निकै लोकप्रिय बनेको हो। म पनि यो खेलमा लोभिएको पत्तै पाइनँ। यसैक्रमका ब्याडमिन्टन खेल्न थालेको पनि सात आठ वर्ष बितिसकेछ।
बिस्तारै मलाई पनि ब्याडमिन्टनको यस्तो रस बस्यो कि हामीले चितवन जिल्ला ब्याडमिन्टन संघ नै दर्ता गर्यौं। त्यसको अगुवाइ पनि मैले गरें। मेरो अध्यक्षतामा ६ वर्षभन्दा बढी समय जिल्ला ब्याडमिन्टन संघ चल्यो। अहिले म नेपाल ब्याडमिन्टन संघको केन्द्रीय सदस्य छु। साँच्ची भन्ने हो भने ब्याडमिन्टनको महत्त्व थाहा पाएर नै म यो खेलको प्रवर्धन गर्न अग्रसर भएको हुँ। म एउटा व्यवसायी भएर पनि फुर्सदको समय ब्याडमिन्टनमा खर्चने गरेको छु।
अहिले पनि साताको तीन/चार दिन दैनिक एकदुई घन्टा ब्याडमिन्टनका लागि खर्चन्छु। ब्याडमिन्टनको विकासमा कर्पोरेट क्षेत्रको ठूलो महत्त्वहुन्छ। धेरै कर्पोरेटकर्मीहरूले दैनिक जीवनमा यो खेल खेले पनि ब्याडमिन्टनकै विकासमा भने कम प्राथमिकता दिएको देख्छु। ब्याडमिन्टन संघको केन्दी्रय सदस्य भएकाले पनि होला यसले मलाई दु:ख लाग्छ।
यति हुँदाहुँदै पनि अन्नपूर्ण पोस्ट्ले कर्पोरेट क्षेत्रलाई समेटेर जुन प्रतियोगिता आयोजना गर्ने गरेको छ, यसले अब ब्याडमिन्टनको विकासमा योगदान पु:याउनेमा कुनै आशंका छैन। खेलकुदमा सबै कर्पोरेट क्षेत्र एकै ठाउँमा समेटिनु राम्रो कुरा हो। अझ प्रतिस्पर्धामै उनीहरुलाई देख्न पाउनु रमाइलो विषय पनि हो। यस्ता प्रतियोगिताले खेलकुद र खेलकुद प्रतियोगिताको महत्त्व बुझाउन मद्दत गर्छ।
गत वर्ष आयोजना भएको यो प्रतियोगिताको पहिलो संस्करणमा मैले पनि भाग लिएको थिएँ। कर्पोरेटकर्मीहरू धेरै उत्साहित भएको पाएँ। उहाँहरूमध्ये धेरैले ब्याडमिन्टनको विकासमा सहयोग गर्ने वचन पनि दिनु भएको थियो। पक्कै पनि यसले कालान्तरमा खेलकुदको विकासमा सहयोग पु:याउनेमा म विश्वस्त छु। राष्ट्रका लागि खेल्ने खेलाडी समेत उत्साहित भएको देखेको छु।
(टाइम फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित।) Source:- http://annapurnapost.com