आजको राशिफल

वि.सं. २०७१ आश्विन ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१४ सेप्टेम्बर २३ तारिख, आश्विन कृष्ण चतुर्दशी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शुभ योग, नाग करण, (आजको व्रत/पर्व : दर्श श्राद्ध, निशि बार्ने दिन, सोह्रश्राद्धअन्तर्गत औंसी श्राद्ध, पितृविसर्जन) । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखित बन्नु पर्ने छ । मायाप्रेम, प्रणयप्रसंग र रतिरागका लागि आजको दिन प्रतिकूल देखिन्छ । विपरीतलिङ्गीको विश्वास गर्नु राम्रो हुँदैन, मन कुँडिने सम्भावना छ । पारीवारिक सहयोग र सद्भावमा समेत कमी आउने छ । आत्मबलमा कमी हुनेछ । ठूलाबडाले असहयोग गर्नेछन् । बन्दव्यापार मध्यम रहेको छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
घरपरिवारमा स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् । पैतृक सम्पत्तिका बारेमा कुनै विवाद छ भने त्यसले ठूलो रुप लिन सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन । दूरदराजमा रहेको स्थानको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आलोचकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिने छैनन् । विगतमा गरिएको मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ । रोकिएका काम सम्पादन हुन गाह्रो छ । पठन–पाठनमा उन्नति गर्न सकिने छैन । सभा–समारोहमा सहभागी हुनु पर्ने भएकाले काममा बाधा पुग्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
परिस्थिति प्रतिकूल छ । मनमा दोधारको अवस्था सिर्जना हुनेछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पनेृ हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन । आर्थिक तनावलाई झेल्नुपर्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
पठनपाठनमा प्रगति हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजको समय राम्रै छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
प्रतिकूल परिस्थितिले छाडेको छैन । शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन् । चाहना र मनोकाङ्क्षा पूरा गर्न सकिने छैन । समाजका प्रतिष्ठित व्यक्तिले तपाईको काममा बेवास्ता गर्नेछन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला । बेलुका पारिवारिक जीवनमा असमझदारी बढ्नाले अनावश्यक विवादको सम्भावना छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट