माल्भिका र प्रियंकालाई ‘देखिन्छकी’ भन्ने डर

काठमाडौं । पुर्वमिस नेपाल माल्भिका सुब्बाले कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा केहि देखिन्छ कि भनेर १० पटक सम्म सोच्नुपर्ने अवस्था आएको भन्दै गम्भीर बहसको थालनी गरेकी छन् ।

पछिल्लो समय ग्ल्यामर क्षेत्रमा संलग्न महिला कलाकारको पहिरनलाई लिएर गरिएको टीकाटिप्पणीप्रति माल्भिकाले यस्तो विचार राखेकी हुन् ।

‘कुनै कार्यक्रममा जाँदा लुगा लगाएपछि १० पटक चेक गर्नुपर्छ, कतै केहि देखिन्छकि भनेर,’ एनसेल लिट्रेचर फेस्टिवलको अन्तिम दिन सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा माल्भिकाले भनिन् ।

कार्यक्रममै सहभागि नायिका प्रियंका कार्कीले पनि मिडियाले आफ्नो खेदो गरे पनि मिडियाविरुद्ध जाइलाग्न नसकेको दुःखेसो गरिन् ।

‘सेलिब्रेटी गथफिस’ शीर्षकमा सहभागि नायिकाद्धयले गफिसको बहानामा आफुहरु निसानामा परेको तितो यथार्थ पोखे । आजको राजधानीमा समाचार छ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट