श्रीमतीलाई काटेर पकाए पछी .............

संसारमा थरीथरीका अपराधहरु सुनिने गर्दछन् ।
यस्तै अस्ट्रेलियामा एक सुन्दै डरलाग्दो घटना घटेको छ ।  सिडनी एक जना ब्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर उनको शवलाइ टुक्रा टुक्रा पारेर पकाएका छन । शेफ माक्र्स भोल्का नाम गरेका एक ब्यक्तिले गरेको यो कुकत्र्य खुलासा भएपछि आरोपी शेफले आत्महत्या गरको एक अंग्रेजी पत्रिकाले जनाएको छ । अस्ट्रेलियाई समाचारपत्र ‘कूरियर मेल’ का अनुसार २८ वर्षीय शेफ एक क्रुज शिपमा काम गर्थे ।

उनी आफ्नी इन्डोनेशियाली श्रीमती मेयाङ प्रेस्टोका साथमा बस्दथे । शनिवार शेफको फ्ल्याटबाट छिमेकीहरुले अनौठो गन्ध आएको थाहा पाए । यस कुराको जनाकारी उनीहरुले प्रहरीमा गराए । प्रहरीले छापा मार्दा उनको अपार्टमेन्टबाट मानव शरीरका काटिएका अंगहरु बरामद गरिएको थियो । जसलाइ उनले निकै सानो सानो टुक्रामा काटेका थिए । समाचारपत्रका अनुसार ती महिलाको शरीरका केही अंग स्टोभमा पकाइरहेको अबस्थामा भेटिएका थिए ।

प्रहरी आउँदा आरोपी पछाडीको ढोकाबाट निस्किएर बाल्कोनीबाट ओलिर्एर भागे । केही समय पछि उनको शव एक फोहोर फाल्ने ठाउँमा भेटिएको थियो । प्रहरी यस हत्याको बारेमा अनुसन्धान गरिरहेको छ  ।
vie: http://nepalkhbarsitee.blogspot.com/
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट