केटीका यी ७ ब्यवहारबाट थाहा हुन्छ उ केटालाई जिस्काउन खोज्दैछे

सामान्यतया केटाहरुले केटीहरुलाई जिस्काउँछन् र केटीहरुलाई असहज पार्छन् भन्ने मान्यता छ । तर पछिल्लो समयमा यो मान्यता फेरिँदै गएको छ । केटीहरु पनि फ्लर्ट गर्न अगाडी देखिएका छन् ।

हालै गरिएको एक शोधका क्रममा केटीहरुले केटा जिस्काउने प्रवृत्ती बढ्दै गएको पाहिएको छ । महिलाहरुले मुखले सबैकुरा नबोलेपनि उनीहरुले जिस्काउने तरिका फरक रहेको अध्यनको निष्कर्ष छ ।

केटीले नजिक रहेका पुरुषको ध्यान आफूतिर तान्न र सम्बन्ध बढाउन चाहेका यस्ता गतिबिधी गर्ने गर्छन्ः
कुनै पनि केटीले तपाइँतिर हेरेर बारम्बार मुस्कुराउँछे वा आँखा जुदाएर लजाउँदै अन्यत्र हेर्छे भने बुझ्नुस् उ तपाइँसँग फ्लर्ट गर्दैछे ।

कसैलाई देखेर नदेखेजस्तो गर्न खोज्ने वा कुनै पुरुष आएको देखेर अर्को पट्टि हेरे जस्तो गरी कर्के आँखाले हेर्ने गर्छे भने केटी फ्लर्ट गर्दैछे ।

कलेज होस या अफिस आफ्नो कपाललाई समय समयमा स्याहार्दै तपाइँसँग नजिक पर्ने गर्छिन् भने स्त्रीले तपाइँलाई जिस्काउँदैछिन् ।

कपडा मिलेकै भएपनि कुनै केटीले कुनै भागको कपडा मिलाउन खोजेको जस्तो गरिरहन्छे भने केटी फ्लर्ट गर्दैछे भन्ने बुझिन्छ ।

कुरा गर्दा गर्दै कुनै पुरुषको काँध वा हातमा छुने कोशिस गर्छे भने केटीले फ्लर्ट गर्दैछे भन्ने बुझ्नु पर्छ ।

कुनै कारण विना नै कुनै पुरुषको प्रसंसा गर्ने वा प्रसंसाको बाहाना खोज्ने कुराले केटीले फ्लर्ट गर्न खोज्दैछे ।

खुलेर केही पनि नभन्ने तर ब्यवहार वा हाउभाउबाट धेरै कुरा भन्ने केटीले तपाइँलाई फ्लर्ट गर्दैछे ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट