आजको राशिफल/ वि.सं. २०७१ आश्विन २३ गते विहिबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारिरीक सौन्दर्य वृद्धि हुनुका साथै अचल सम्पत्तिको कारोबारमा प्रसस्त लाभ हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनअध्यापनमा प्रगति हुनेछ भने वैदेशिक यात्रामा विवाद
उत्पन्न हुनसक्छ। गरेका कार्यमा सफलता मिल्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दैनिक कार्यमा आफन्तको सहयोग प्राप्त हुनेछ। अध्ययनअध्यापनमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पतिपत्नीबीच सद्भाव बढ्नेछ। छातीमा समस्या आउन सक्छ। सन्तान सुख प्राप्त हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सफलताले मनमा उत्साह बढ्नेछ। मध्याह्नपछि खर्च बढनेछ। स्थान परिवर्तनको योग छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
विशिष्टजनको सहयोग मिल्नेछ। अध्ययनअध्यापनमा मन नलागे पनि धार्मिक कार्य गर्ने अवसर भने मिल्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनमा उत्‍साह र हर्ष बढ्‍नुका साथै घरमा मांगलिक कार्य हुने योग देखिन्छ‍।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तजनको सहयोगले कार्य सफल हुनेछन्। सन्तानसुख प्राप्त हुनेछ। विद्यार्थीका लागि दिन राम्रो छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धार्मिक कार्यमा खर्च गर्नुपरे पनि प्रियजनसँग मिलन हुनेछ। खानपानमा विचार पुर्‍याउनुपर्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साहित्यिक तथा सांस्कृतिक सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ। सामाजिक नेतृत्व शक्तिको विकास हुनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पारिवारिक सम्बन्धमा सुधार भए पनि साथीभाइको सहयोग नमिल्नाले मनमा खिन्‍नता उत्पन्‍न हुनेछ। रमाइलो यात्रा गर्ने योग छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारीरिक स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त होला। हर्ष बढ्नेछ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट