बोक्सीको आरोपमा यसरी भयो निर्मम हत्या (भिडियो सहित)


काठमाडौं । नेपालको तराई क्षेत्रमा ब्याप्त बोक्सी प्रथाबाट अझैपनि महिलाहरु मारिएको घटनामा आधारित चलचित्र ‘रक्तभोग’ को पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ ।
करिब तीनवर्षअघि विसं २०६८ फागुन ५ गते चितवनको माडीमा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको घटनालाई आधार मानेर उक्त चलचित्र बनाइएको हो ।
पोष्टर सार्वजनिक गर्ने कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले चलचित्रले यस्ता घटना निरुत्साहित गर्न र कडा कानुन निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
चलचित्रमा सारिका घिमिरेको साथमा कलाकार ज्योति सापकोटा, कृष्णराज तिवारी, शैलेश पौडेल, रामचन्द्र लम्साल, रचना पौडेललगायतको मुख्य भुमिका रहेको छ ।
- साभार श्रोत: http://www.nepalsandesh.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट