एजेन्सी । तपाई कुनै ठाउँमा जाँदा तपाईसंगै एउटा सानो बच्चाकी आमा तपाईको साथमा परिन् र त्यो बच्चा रोइरह्यो भने के गर्नुहुन्छ ? सायद निकै दिक्क मानेर भएपनि त्यहाँ चुपचाप बस्नुहुन्छ वा बच्चालाई फकाउन सहयोग गर्नुहुन्छ होला । तर सबै मानिसहरुको एउटै सोचाई हुदैन । हालै चीनमा यस्तै घटना भएको छ ।
मिररमा छापिएको समाचार अनुसार उडिरहेको विमानमा महिलाको दुश्मन महिला नै बनेपछि यस्तो घटना घटेको हो । समाचार अनुसार २७ वर्षीय चैन जुआंग सुंग आफ्नो नवजात शिशु लिएर चीनको चोककिङ सहरका हङकङ जाने विमानमा चढिन् ।
उनको बच्चा विमानमा चढ्वित्तिकै देखि रुन सुरु गर्यो र शान्त विमानमा हल्ला उत्पन्न भयो । जति फकाउन खोजे पनि सम्भव नै भएन । लगत्तै उनीभन्दा ठिक पछिको सिटमा बसेका दुई महिलाले हल्लाले आफूहरुलाई डिस्ट्रव भएको भन्दै उनलाई गाली गर्न सुरु गरे ।
एकातिर बच्चा रोएर हैरान भएकी ती महिलाले त्यस्तो शब्दमा गाली गरेपछि एक एक गरेर मुक्का बजारिन् । उनले फिल्मी शैलीमा आफ्नो बच्चा रोएर डिस्ट्रब भयो भन्ने सबैलाई मुक्का हिर्काइन् ।
पछि विमानका कर्मचारीले सम्झाई बुझाई पठाएका थिए । हालै भएको यो घटनाको एक यात्रीले वर्णन गरेका हुन् । विमानका सञ्चालकले भने उडिरहेको विमानमा कसैले यस्तो हर्कत गर्न नसक्ने दावी गरेका छन् ।
- Source: www.nepalsandesh.com