मालपोत कार्यालयका नासुले लिए घुस (भिडियोसहित)

जनकपुरधाम, पुस १८ : मालपोत कार्यालय धनुषाका अर्का एक कर्मचारीले सुले घुस लिएको पाईएको छ । सअघि कार्यालयका दुई जना कर्मचारी सेवाग्राहीसँग घुस लिएको भिडियो र समाचार उज्यालो अनलाईनमा सार्वजनिक भएपछि कारबाहीमा परिसकेका छन् ।
कार्यालयका श्रेस्ता फाँटका नायव सुब्बा रामानारायण साहले सेवाग्राहीको काम गरिदिए वापत पैसा लिने गरेको उजुरी आएपछि पत्रकार दीपककुमार मिश्रको सहयोगमा अनुगमनका लागि जाँदा घुस लिइरहेको पाईएको हो । उनले घुस लिइरहेको देखेपछि उज्यालो अनलाइनलले भिडियो तयार पारेको हो । (जुन भिडियो तल हेर्न सकिन्छ ।)
कार्यालयमा काम गरेवापत एक सेवाग्राहीसँग घुस लिईरहेको देखेपछि मालपोतका नासु साहसँग किन पैसा लिएको भनेर सोध्दा उनले सापटी लिएको जवाफ दिएका छन् । कार्यालयमा सेवाग्राही र कर्मचारीबिच पनि सापटी लेनदेन हुन्छ भनेर सोध्न उनले कुनै उत्तर दिएनन् ।
मालपोत कार्यालयका प्रमुख विदुरप्रसाद खनालले नासु साह घुस लिएको प्रमाणित भए कारबाही गर्ने बताउनुभयो । उहाँले यसअघि पनि घुस लिएको प्रमाणित भएपछि केहि कर्मचारीमाथि कारबाही गरिएकोेले साह उपर पनि कारबाही गर्ने बताउनुभयो ।
यसअघि गत असोज ८ गते कार्यालयकै श्रैस्ता फाँटका नायव सुव्वा शिवशरण पण्डितले सेवाग्राहीसँग घुस लिएको भिडियो सहित सार्वजनिक भएको थियो । उनले घुस लिएको भिडियो उज्यालो अनलाईनमा सार्वजनिक भएपछि विभागीय कारबाही भइसकेको कार्यालयले जनाएको छ ।
यस्तै गत भदौ १८ गते तामेली फाँटका खरिदार तृपित झाले पनि काम गरिदिएवापत सेवाग्राहीसँग घुस लिईरहेको भिडियो सार्वजनिक भएको थियो । अवकाश पाउन ५ दिन मात्र बाँकी रहेका झालाई त्यो भिडियो सार्वजनिक तत्कालै कारबाही गरी कामको जिम्मेवारीबाटसमेत हटाईएको थियो ।
मालपोत धनुषाका कर्मचारीले पटक पटक घुस लिएको भिडियो सार्वजनिक हुँदा पनि घुस लिने कर्मचारीहरु उपर समान्य कारबाही मात्र गरेर छुट दिँदा घुस खाने क्रम रोकिएको छैन । घुस नदिए यो पुगेन र त्यो पुगेन भन्दै कर्मचारीहरुले विभिन्न बहानाबाजी गर्दै सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो छ ।

साभार श्रोतः उज्यालो अनलाइन

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट