*यस्ता छन् विवाहअघिको सेक्सका यी पाँच फाइदा*

हाम्रो सामाजिक मान्यताअनुसार विवाहअघिको सम्भोगलाई वर्जित मानिन्छ । तर भूमण्डलीकृत विश्व व्यवस्था र यसको असरका रुपमा आधुनिकताले पुराना मान्यताहरु कमजोर बन्दै गइरहेका छन् । यद्यपि अहिले पनि हाम्रो समाजमा बहस छ, बिवाह अगाडिको सम्भोग ठिक कि गलत ? हरेक कुराका राम्रा र नराम्रा दुवै पक्षहरु हुन्छन् । यहाँ भने विवाह अगाडिको सेक्सबाट हुने पाँच वटा फाइदाहरु उल्लेख गरिने छ ।


लुकेका कुराहरु रहस्यपूर्ण मानिन्छन् । शारीरिक सम्पर्क नगर्नुजेल यसको बारेमा अत्याधिक कौतुहलता हुनु स्वभाविक हो । अझ हाम्रो समाज यौन सम्बन्धी शिक्षाको अभावले यसलाई धेरै भन्दा धेरै रहस्यमय बिषयको रुपमा बुझ्ने र बुझाइने गरिन्छ । सही समयमा सही काम गर्नाले पाउने आनन्द पनि छुट्टै हुन्छ । यदि तपाईंले विवाह अगाडि नै सेक्स गर्नुहुन्छ भने अनावश्यक हुटहुटी मेटिन्छ । तपाईं आफ्नै लागि अनुभवी कमाण्डर बन्नु हुन्छ ताकि आफूले आफूलाई काबुमा राख्न सक्नुहोस् ।


त्यसो त, सेक्स भनेको शारीरिक काम मात्र होइन, यो मानसिक काम पनि हो । यसले शारीरिक आवश्यकता मात्र होइन, मानसिक आवश्यकता पनि पूरा गर्दछ । जिन्दगीको दौडधुपबाट केही समय आनन्द लिएर तपाईंले जीवनमा नयाँ गति प्राप्त गर्न सक्नुहुन्छ । पेशागत वा घरपरिवारको तनावबाट पनि केही समयको लागि मुक्ति मिल्दछ ।


भावनासहितको सेक्स सधैं स्वीकार्य हुन्छ र यो पवित्र पनि हुन्छ । यावत सम्बन्धका बावजुद पनि सम्भोगबेगरको विपरित लिंगी सम्बन्ध अपूरो नै हुन्छ भनिन्छ । जब बिवाह गर्ने र जीवन बिताउने कुरा आउँछ, यसमा सम्भोगमार्फत पनि सम्बन्धको बहुआयामिक पक्षलाई महसुस गर्नुपर्दछ भन्ने मान्यता बढिरहेको छ । सम्भोगपछि तपाई आफ्नो जीवनको महत्व बुझ्दै अझ परिपक्व यात्रा तय गर्न सक्नुहुन्छ ।


जसले साथीहरुको बीचमा यौन सम्बन्धी कुराहरु गर्न लाज मान्छन् वा रुचाउँदैनन् तिनीहरुको एकान्त समय यौन सम्बन्धी कुन्ठामा बित्छ । यो लुक्ने र लुकाउने कुरा होइन । यसको विपरित जसले यस्ता कुराहरु सहज रुपमा लिन सक्छन्, उनीहरुले एकान्त जीवन कुन्ठामुक्त हुनसक्छ । उनीहरुले अफिसमा पनि काममा मन लगाउन सक्छन् र घरमा पनि सहज रुपमा प्रस्तुत हुन सक्छन् ।


विवाहपछि कतिपय कुराहरुमा परिपक्वता हुनु जरुरी छ । त्यो आम व्यवहारिक बिषयजस्तै यौन पनि हो । विवाह अघिकै अनुभवले विवाहपछिको जीवनलाई सहज बनाउन सक्छ । तपाईले डरमुक्त जीवन सुरु गर्न सक्नुहुन्छ । विवाहपछि यौनकै बिषयमा अल्छिनु पर्दैन, भूत भविष्य र वर्तमानको बारेमा चिन्तन गर्न सकिन्छ । भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।- Source: hamrosandesh

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट