|  | 
| मधुश्रवणीको अन्तिम दिन ठेमी दिने तयारी। (तस्बीर: मनिका झा) | 
मनिका झा
२६ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएकी गान्धीदेवी झाले मधुश्रावणी पर्वको बेला बल्दै गरेको दियोले आफ्नो शरीरमा पोलिएको घाउ बिर्सन सकेकी छैनन्। अहिले आएर गान्धीदेवीले आफ्नी छोरीले पनि त्यही परम्परा अपनाउनुपर्छ भन्ने मान्यता राखेकी छन्। गत वैशाखमा वैवाहिक बन्धनमा बाँधिएकी गान्धीकी २२ वर्षीया छोरी रिंकी झा त्यही पीडा भोग्नुपर्छ भनेर अहिले अत्तालिएकी छन्।
मधुश्रावणी पर्वको अन्तिम दिन लिइने 'अग्निपरीक्षाको' कल्पनामात्रै गर्दा पनि रिंकी निकै डराएकी छन्। 'यस्तो गर्मीको बेला टेमीले डाम्दा कति दुख्छ होला', अहिले रिंकीका साथीहरूसँगको कुराकानीको विषय यही बन्ने गरेको छ। उनी सधैं आमालाई सम्झाउने प्रयास गर्छिन्, 'के यो विधि नगर्दा हुँदैन?' तर, आमाले यो 'परम्परा' भएकाले गर्नैपर्ने जवाफ फर्काउँदा रिंकीको मन झनै त्रसित बनेको छ।
मिथिलाञ्चलमा सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्वको एकातर्फ रौनकता छाएको छ भने अर्कोतर्फ यसका केही नियमले परम्पराको आडमा महिलामाथि गरिने हिंसालाई निरन्तरता दिँदै आएको छ। असार ३२ बाट सुरु भएको यो पर्व १५ दिनसम्म मनाउने चलन छ। टेमीले डाम्दा जति बढी पीडा भयो, दाम्पत्य जीवनमा पर्नसक्ने दु:खकष्ट र पीडा खप्ने क्षमता महिलामा त्यति नै बढी हुने जनविश्वास छ। टेमीले डामेर मनाइने यो पर्वको परम्परा अति नै अव्यावहारिक र रूढिवादी भएको स्थानीय कवयित्री पुनम झाको भनाइ छ। झा भन्छिन्, 'हामी पनि यो प्रथाबाट गुज्रिनु पर्यो।'
महिला जहिले पनि एउटा मर्यादामा बस्नुपर्छ र उनीहरू जस्तोसुकै दु:खपीडा पर्दा पनि सहनशील हुनुपर्छ भन्ने सन्देश यो पर्वले प्रवाह गर्ने स्थानीय पुरोहित ललन झा बताउँछन्। तर, दाम्पत्य जीवनमा महिला र पुरु षको समान सहभागिता हुन्छ। यसमध्ये एकजनाका कारण मात्रै जीवन सुखमय हुन सक्दैन। यस्तोमा महिला सहनशील हुनुपर्छ भन्ने सिकाउन उसलाई आगोले पोल्ने तर पुरुषले भने कुनै परीक्षा दिनु नपर्ने परम्पराले सीधै महिलामाथि अन्याय गरेको अधिवक्ता रेखा झाको ठम्याइ छ। 'परापूर्व कालमा जे भए पनि समयअनुसार यस्तो परम्परालाई सुधार गर्दै लैजानुपर्छ', अधिवक्ता झा थप्छिन्। कतिपय ठाउँमा शीतल टेमी प्रथा सुरु भइसकेकाले महिलालाई शोषण गर्न बनाइएको यो प्रथा पनि विस्तारै हट्ने विश्वास झाको छ।
- Source: http://annapurnapost.com/

 Rupee Exchange Rate
   Rupee Exchange Rate