मुम्बई : सामान्यतया मानिसको मुखमा ३२ वटा दाँत हुन्छ। तर भारतमा एक १७ वर्षीय युवकको मुखबाट चिकित्सकहरूले दुई सय ३२ वटा दाँत निकालेका छन्।
बीबीसीका अनुसार मुम्बईको जेजे अस्पतालमा आशिक गवाई नामका युवकको मुखबाट त्यति धेरै दाँत निकालिएको हो। विगत १८ महिनादेखि उनलाई मुख दुखेको तथा सुन्निएको थियो। अस्पतालमा उनको सात घण्टा लामो शल्यक्रिया पछि उनको दाँत बाहिर निकालेका थिए।
अस्पतालका दाँत विभाग प्रमुख सुनन्दा धिवारेका अनुसार यो अत्यन्तै दुर्लभ घटना हो। यस अघिका उपचारहरूमा माथिल्लो गिजाबाट ३७ वटा दाँत सम्म निकालिएको थियो। -एजेन्सी
- Source: http://annapurnapost.com/

 Rupee Exchange Rate
   Rupee Exchange Rate