को हुन् अन्जली ? भन्छिन सेक्स चेन्ज चुनौती :अन्जली लामा (पहिले केटा अहिले केटि)

काठमाण्डौ । २८ वर्षमा चल्दै गरेकी पहिलो ट्रान्स जेन्डर मोडल अन्जली लामाको कथा निकै दुखद् र रोचक पनि छ । नुवाकोटको बिकट गाउँ काउलेमा जन्मेर हुर्केकी अन्जलीले गाउँ बाटै २०५९ सालमा एसएलसी दिएकी थिइन् । केटा भएर जन्मेको नबिन कुमार वाइबा(अन्जली) सानै देखी केटीको कपडा लगाउन र केटीकै कृयाकलाप गर्न रुचाउथीइन्।

केटा भएर जन्मेको र सबैले केटा भनेर चिन्ने गरेकाले पारिवारिक र सामाजिक कारण उनले चाहे बमोजिम केटीको कपडा लगाएर हिड्न सकिनन् त्यसर्थ उनि करिब १८ वर्ष सम्म केटाकै पहिरनमा हिड्नु पर्यो । गाउँमा हुदा निकै दु:ख गरेको अन्जली एसएलसी दिएपछि कलेज पढ्नका लागि काठमाण्डौ आइन् र २ वर्ष सम्म पेट पाल्न र पढ्नका लागि होटेलमा भाडा माझ्ने काम समेत गरेकी अन्जली लामाको चाहना ब्लु डाइमान्ड सोसाइटीमा प्रवेश गरे पछी पुरा भयो ।

२००९ देखि मोड्लिङ सुरु गरेकी अन्जलीले २०१० मा बैंककमा ब्रेस्ट बनाएकी थिइन् । यिनै तेस्रो लिंगी अन्जली लामाको कथामा निर्मित डकुमेन्ट्री ‘अन्जली’ हालै वर्ल्ड प्रिमियर गरिएको छ । यिनै अन्जली लामा संग श्यामसुन्दर गिरीले गरेका अन्तरंग कुराकानीको सम्पादित अंश प्रस्तुत छ-)

डकुमेन्ट्री प्रिमियर भयो यस बारे के भन्नु हुन्छ?
म एकदमै खुसि छु,मैले पहिले डकुमेन्ट्रीको सुतिंग गर्दा खासै बिस्वास गरेकी थिइन् । जाबो डकुमेन्ट्री त हो नि आज सुतिंग हुन्छ पछी के के हुन्छ होला भन्ने सोचेको थिए तर म गलत रहेछु ।
प्रिमियर हेरेपछि म छक्क परे एउटा भब्य प्रिमियर भयो सबैले मेरो प्रशसा गर्नु भयो,मेरो खुसिको सिमा नै छैन ।

 डकुमेन्ट्रीले के बोल्छ ?
जनचेतना जगाउन सहयोग गर्छ,गे,लेस्वियन र थर्ड जेन्डर सबै महिला पुरुष सरह समाजमा स्वतन्त्रता पुर्बक बाच्न र चाहना बमोजिमको काम गर्न पाउनु पर्छ र हामीहरुलाई पनि अन्य महिला पुरुष सरह नै ब्यबहार गर्नु पर्छ,समाज र व्यक्ति बिशेषले हेर्ने दृष्टिकोणमा एकरुपता हुनु पर्छ भन्ने संदेश हो । खासमा ‘अन्जली’ मेरो मात्र कथा होइन यो हाम्रो सर्कलका सबैको कथा हो ।

डकुमेन्ट्री रिलिज पछी समाजले हेर्ने दृष्टिकोणमा फरक आउला त ?
अहिले समाजले हामीहरुलाई जुन किसिमले हेरिरहनु भएको छ त्यसमा फरक आउने पर्छ भन्ने ग्यारेन्टी त होइन तर पनि कोहि नयाँ व्यक्तिले हाम्रो बारे थाहा पाउनुहुनेछ र हामी जस्ता व्यक्तिलाई सहयोग गर्नुहुनेछ जस्तो लाग्छ ।

अपहेलना भएको कुरा आउछ समस्या कहा छ ?
मुख्य समस्या भनेको पहिलो कुरा अशिक्षा अभाब हो,दोस्रो कुरा सम्बन्धित व्यक्तिले आफुलाई एक्स्पोज गर्न नसक्नु नै हो । ट्रान्स जेन्डर साथीहरुमा अशिक्षाको अभाब छ,घर परिवारमा आफ्नो बारे भन्न सकिरहनु भएको छैन भने आफुलाई एक्स्पोज गर्न सक्नु भएको छैन ।

नविनकुमार वाइबा र अन्जली लामा बीच फरक?
व्यक्ति एउटै हो नाम मात्र फरक । केटी बन्ने चाहना हुदा-हुदै केटाकै कपडा लाउनु भो रे त ? हो,मैले १८ वर्ष सम्म केटाकै कपडा लगाए । घर परिवार र समाजको कारण मैले नचाहदा नचाहदै केटाको पहिरनमा केटा बनेर हिडे तर त्यस्तो पहिरनमा मा भित्र भित्रै आफै जलिरहेकी हुन्थे किन कि म केटी बन्न चाहन्थे र हरेक कृयाकलाप केटीकै गर्न चाहन्थे । तर म पनि त्यो बेला खुल्न सकिन त्यो मेरो बाध्यता र कमजोरी थियो । जसको कारण कलेज पढ्ने बहानामा शहर निस्के र आज आफ्नो चाहना अनुसार हिड्न पाएकी छु ।

निकै राम्री हुनुहुन्छ राज के हो ?
त्यस्ती त छैन होला(हिहिहिही) ब्लु डाइमण्ड सोसाइटी आए देखि कपाल पल्न शुरु गरेकी हु । सन् २०१० अर्थात आज भन्दा ४ वर्ष पहिले बैंकक गएर करिब २ हजार डलरमा ब्रेस्ट बनाएकी हु, त्यो भन्दा अरु राज केहि छैन ।

ब्रेस्ट बनाए पछी कस्तो आभास गर्नु भो त?
डकुमेन्ट्रीमा भने झैँ दुख थोरै खुसि धेरै । ब्रेस्ट बनाउदा निकै दुखाइको पिडा भयो अहिले सम्झदा पनि सिरिङ्ग हुन्छु तर त्यो पिडालाई मेरो खुसीले जित्यो किनकि जीवनमा गर्न चाहेको पहिलो चाहना पुरा गरेकी थिए । जब नेपाल आए सोसाइटीका साथीहरुले कस्तो हुदो रहेछ खै हेरु त भन्थे प्राय समय ब्रेस्ट हेरेरै बित्थ्यो । अरु साथिहरु पनि ब्रेस्ट बनाउन निकै उत्सुक हुन्थे र अझै पनि छन्,ब्रेस्ट बनाएपछि ठुला ठुला फम भएका ब्रा लगाएर हिड्नु पर्ने झन्झट हट्यो अहिले मा खुल्ला गेट अपमा हिड्न पाएकी छु ।

अबको चाहना सेक्स चेन्ज ,कहिले गर्ने त ?
सेक्स चेन्ज मेरो लागि ठुलो चुनौती छ । समय निश्चित छैन,जहिले पैसाको ब्यबस्थापन गर्न सक्छु त्यति बेला नै गर्छु तर म ३३ वर्षको भित्रै गर्छु ।यदि त्यो समय भित्र गर्न सकिन भने गर्दिन । किनकि सेक्स चेन्ज गर्न करिब १२-१५ हजार अमेरिकी डलर लाग्ने अनुमान छ । त्यसर्थ म संग त्यति धेरै पैसा छैन तर पनि जम्मा गर्दैछु ।

पैसाको ब्यबस्थापन कसरी गर्नु हुन्छ त ?
कसैले सहयोग गरे देखि सहयोग लिन तयार छु । डकुमेन्ट्री बाट उठेको केहि रकम पनि मेरो सेक्स चेन्ज गर्न सहयोग गर्ने आश्वासन पाएकी छु । अब हेरौ कस्तो हुन्छ ।

सेक्स चेन्ज पछीको योजना ?
सेक्स चेन्ज पछिको योजना बिकिनी फोटो सुट गर्न चाहन्छु किन कि म महिला भएर सुपर मोडल बन्न चाहन्छु त्यसै गरी अहिले म संग पुरुषको नागरिकता छ त्यो नागरिकता परिबर्तन गरेर महिलाकै दर्जाको नागरिकता प्राप्त गर्न चाहन्छु । त्यति मात्र मेरो चाहना होइन सेक्स चेन्ज पछी मोड्लिङ र कलाकारितामा जोड दिनुको साथै मेरै सोसाइटीको प्रबदन गर्नेछु ।त्यसै गरि बिहेबारी र घरजम गरि बच्चा पाउने बिचार छ ।- मार्फत:श्यामसुन्दर गिरी/फिल्मीबजार डटकम
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट