दिलिपले किन रोजे बिधवा ?

कार्तिक २, नायक दिलिप रायमाझी लगभग नेपाली चलचित्र बाट ओझेल परिसकेका थिए तर फेरी उनि नेपाली चलचित्रमा आफ्नो पुरानो स्थान सुरक्षित गर्ने भएका छन् । किनकि दिलिप रायमाझी अब बिभिन्न चलचित्र मार्फत पुन एक पटक दर्शक माझ आउने तयारी गरिरहेका छन् ।

पुस ११ गते नायक दिलिप रायमाझी चलचित्र बिधवा मार्फत देखा पर्दैछन् । गिरि प्रसाद सुनारको निर्माण मा बनेको यस चलचित्रले सामाजिक कुरिति बिरुद्धको कथा बोल्छ । नेपाली समाजमा एकल महिलालाइ गरिने दुव्र्यवहार र छुवाछुतको बिषयलाइ चलचित्रले उठान गरी निर्माण भएको एक सन्देशमुलक चलचित्र भएको कारण नायक दिलिप रायमाझीले कथा सुन्ने बितिकै चलचित्रमा अभिनय गर्न राजि भएको निर्माता सुनारको भनाइ छ । चलचित्र भित्र पनि नायक दिलिप रायमाझिले एक एकल महिलालाइ नै बिबाह गर्ने छन् । चलचित्रका सवै बिधामा हात हाल्न खोज्ने निर्देशक मनोज श्रेष्ठ यस चलचित्रका निर्देशक हुन् । चलचित्र बिधवामा दिलिप को साथमा सोनु घिमिरे , मनोज श्रेष्ठ , गिरि प्र सुनार लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितहरुमा शव्द शंकर अधिकारी घायलको रहेको छ भने संगित बिकाश चौधरीको रहेको छ ।- Source: http://purbelinews.com
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट