फेसबुकले नयाँ नियम लागु गर्दै छ, तपाईलाई थाहा छ ?

फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ । १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो । यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ । फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ । कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ । यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ ।

प्राइभेसी बक्स
यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ । उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ ।
तपाईलाई तस्विरमा देखिए जस्तो नोटोफिकेशन आएको पनि होला ।

नजिकको लोकेशन
फेसबुकले अब तपाई नजिकको जरुरी जानकारी पनि दिनेछ । आफ्नो लोकेशन हालेपछि तपाईको वरिपरि रहेको ठाउँको रेष्टुरेन्ट र उसको मेन्यु, सिनेमा हल, लाइब्रेरी आदिको जानकारी दिनेछ ।

किनमेल गर्न सकिने
फेसबुकले बायाँ बटनको टेष्ट गरिरहेको छ, जसको सहयोगबाट मानिसहरु फेसबुकबाट लगआउट नगरिकन सामान किन्न सक्नेछन । यति मात्र नभई फेसबुकले पैसा राख्न निकाल्न मिल्ने तरिकामा पनि काम गरिरहेको बताएको छ ।

पासवर्ड रिकभर हुनेछ
फेसबुकले आफ्नो कम्पनी, एप्स र सेवाको बारेमा जानकारी दिनेछ । तपाईले आफ्नो अरु कुनै एकाउन्टको पासवर्ड बिर्सिनुभयो भने तपाईको फेसबुक एकाउण्टको सहयोगबाट पासवर्ड रिकभर गर्न सक्नुहुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट