बेलयातको कन्भेन्ट्रीका एक बालक विश्वकै कम उमेरका कम्युटर विशेषज्ञ बनेका छन् । बिबिसीका अनुसार ५ वर्षीय आयान कुरेसीले माइक्रोसफ्टको परिक्षा पास गरेर माइक्रोसफ्टको प्रमाणपत्र प्राप्त विशेषज्ञ बनेका हुन् ।
अहिले आयान ६ वर्षका भएका छन् र घरमा आफ्नै कम्प्युटर नेटवर्क खडा गरेका छन् ।
बिबिसीसँग कुरा गर्दै उनले माइक्रोसफ्टको परिक्षा गाह्रो तर रमाइलो भएको बताए ।

आयानका पिताले उनलाई ३ वर्षको उमेरदेखि कम्प्युटरका बारेमा सिकाउन थालेका हुन् । उनले भने, हुनतः सानो बालकलाई धेरै कम्प्युटर चलाउन दिनु राम्रो होइन भन्छन् । तर, मैले आज जे सिकाए उसले त्यो उसले कहिले बिर्सिदैन थियो । अनि मैले पनि अझ सिकाउँदै गए । यही नै आज उसको लागि वरदान जस्तै भयो ।
आयनले आफै बनाएको कम्प्युटरको नेटवर्क छ र घरमै आफ्नो सानो कम्प्युटर ल्याब पनि बनाएका छन् ।
उनी दिनको दुई घन्टा कम्प्युटरका नयाँ कुरा सिक्दै बस्छन् ।
शुरुमा त परिक्षा लिनेहरुले पनि आयान निकै सानो भएकाले शंका व्यक्त गरेका थिए । तर, आज सबै चकित छन् ।
आयानको परिवार सन् २००९ मा पाकिस्तानबाट बेलायत आएका हुन् । आयान भविष्यमा अमेरिकाको सिलिकन भ्याली जस्तै आइटी हब बेलायतमा पनि खोल्न चाहन्छ । श्रोतः http://www.ratopati.com/