खोजेको दिन तयार छु: पूजा न्यौपाने

नेपाली सांगितिक आकासकी उदयीमान गायिका पूजा न्यौपानेसँग नेपाली गीत संगितको वर्तमानअवस्था र उनको करियरमा आधारित भएर नेपालपाटी डटकमले गरेको संक्षिप्त कुराकानीः

के गर्दै हुनुहुन्छ आज भोली ?
आज भोली गीत संगितमै व्यस्त छु । स्टेज प्रोग्रामहरु पनि गरिरहेको छु  ।

सांगितिक दुनियाँमा पाइला टेक्नु भएको कति भयो ?
तीन वर्ष भयो । प्रवेशको छोटो अवधिमै दर्शक श्रोताहरुले राम्रो माया गरिरहनु भएको छ  । यसबाट अझै उत्साहित भएर गीत संगितको क्षेत्रमै केही गर्ने दृढ इच्छा शक्तिका साथ अगाडि बढी रहेकी छु ।

नेपालको सांगितक क्षेत्रको अवस्था कस्तो छ ?
अहिलेको अवस्थालाई सन्तोषजनक मान्ने अवस्था छैन । पछिल्लो समय गीत संगितमा जुन बाढी आएको छ । जसरी मानिसहरुको प्रवेश भैरहेको छ । त्यसका तुलनमा यो क्षेत्र अझै उँभो भने लाग्न चाँही सकेको छैन । साँच्चै भनौँ एकाध बाहेक धेरै कलाकारहरु गीत गाएर बाँच्न सक्ने अवस्थामा हुनुहुन्न । तथापी म भने यो क्षेत्रमा लागे देखि पछाडि फर्कनु परेको छैन । यो क्षेत्रमा अझै अघि बढ्ने की नबढ्ने भनेर सोच्नु परेको छैन ।

घरपरिवारले कत्तिको साथ दिनुभएको छ सांगितिक क्षेत्रमा अघि बढ्नका लागि ?
वास्तवमै म यो ठाउँसम्म आइपुगेको परिवारको सरसहयोगको कारणले नै हो । मेरो यो क्षेत्रमा सानै देखिको लगावका कारण जहिले पनि उहाँले गीत गाउन र एल्वम निकाल्नका लागि प्रेरणा दिइरहनु हुन्थ्यो जसका कारणले गर्दा पनि म यो क्षेत्रमा अघि बढ्न सकेकी हुँ ।

पछिल्लो समय गायन क्षेत्रबाट मानिसहरु पलायन हुने क्रम किन बढेको छ ?
कुनै पनि क्षेत्रमा स्थापित हुनका लागि इच्छा मात्र भएर हुँदैन । त्यो सम्बन्धि आवश्यक ज्ञान र सीपको जरुरत पर्दछ । साथसाथै क्षमता र दक्षता पनि चाहिन्छ । अझ भनौ गीत गाउन त साधना गर्नुपर्दछ । फेरी यो क्षेत्रमा रातारात हिट पनि बन्न सकिन्न । मलाइ लाग्छ, यिनै कारणले गर्दा एउटा दुईवटा एल्वम निकाल्ने र पछि गीत संगितबाट टाढिनेहरु बढिरहेका छन् ।

कस्तो खालको गीत गाउँदा हिट बन्ने सम्भावना छ ?
श्वर शव्द लगायतका आवश्यक चिजहरुको राम्रो आवश्यक संयोजन हुन सक्यो भने जस्तो सुकै गीतहरु प्नि दर्शक स्रोताहरुले मन पराएको अवस्था छ । कुनै जमाना थियो लोकगीत असाध्यै हिट हुन्थो । पछि पप गीतको सिजन आयो आधुनिक गीतहरु सधैँभरी चलेकै छन् । लोक पपको पनि राम्रो स्थान छ । तर पछिल्लो समय भर्सटायल गीत संगितले नै बजार तताएका छन् जस्तो लाग्छ ।

गीत संगितमा सफल हुन के गर्नु पर्ला ?
सर्वप्रथम राम्रो साधना गर्नु पर्छ । त्यस पछि यो क्षेत्रमा लागेका सिनियरहरुप्रति पनि राम्रो व्यवहार गर्नुपर्छ ।

गीत संगितमा ‘ग्ल्यामर कल्चर’ले कत्तिको प्रभाव पारेको छ ?
वास्तवमै गीत संगितमा पनि ग्ल्यामर चाहिन्छ । दर्शक स्रोताले मागेको र खोजको चिज दिन सकिएन भने चल्न गाह्रो पर्छ ।

यो क्षेत्रमा टिक्न गाह्रो छ भन्छन् नी ?
अवश्य पनि गाह्रो छ । यो क्षेत्रमा आकर्षक अनुहार भए मात्र हुँदैन । कलालाई माया गर्ने र साधनामा विश्वास गर्ने हुनुपर्छ ।

गीत संगितमा तपाइँले विर्सनै नहुने नाम कुन कुन हुन् ?
मैले तारा देवीलाई विर्सनै हुँदैन । त्यसै थुप्रै पुराना तथा नवोदित गायकहरु हुनुहुन्छ जसले मलाई यो क्षेत्रमा लाग्नका लागि निरन्तर प्रेरणा दिइरहनु भएको छ । Source: http://nepalpati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट