मोदी बने फेसबुकमा संसारकै दोस्रो लोकप्रिय नेता

नयाँ दिल्ली– 
सायद सबैलाई थाहा होला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकमा निकै धेरै फलोअर्स रहेका छन् ।

उनका फेसबुकमा थुप्रै फलोअर्स मात्र नभई उनलाई मनपराउने व्यक्ति पनि निकै धेरै छन् जसका कारण उनी फेसबुकमा संसारका सबैभन्दा दोस्रो लोकप्रिय नेता भएका छन् ।

मोदीका फलोअर्स फेसबुकमा पछिल्लो पाँच महिनामा ७० लाखभन्दा बढि फलोअर्स भएका छन् भने ट्विटरमा ८० लाखभन्दा बढि । यससँगै फेसबुकमा मोदीका फलोअर्सको संख्या २.५ करोडभन्दा बढि रहेको छ ।

अब मोदीभन्दा अघि अमेरिकाका राष्ट्रपति बाराक ओबामा मात्र रहेका छन् जसका फलोअर्सको संख्या फेसबुकमा २.५ करोडभन्दा बढि छ भने ट्विटरको सवालमा मोदी तेस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि ओबामा र पोप फ्रान्सिस रहेका छन् ।

मोदी फेसबुक र ट्विटरमा आफूसँग सम्बन्धित धेरैजसो कुराहरु सेयर गर्ने गर्दछन् । भारतमा मोदीमात्र एउटा यस्ता प्रधानमन्त्री हुन् जसले फेसबुक र ट्विटरमा निकै एक्टिभ हुने गर्दछन् । (एजेन्सी)Source: http://www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट