जाजरकोटपछि खोटाङमा फेरि अर्को सवारी दुर्घटना,पाँचको मृत्यु,नौ घाइते

जाजरकोटमा बिहीबार भएको सवारी दुर्घटनाको खबरले सबैलाई स्तब्ध बनाइरहेका बेला त्यसको भोलिपल्टै फेरि अर्को सवारी दुर्घटना भएको छ । खाटाङको हलेसी दर्शन गरेर फर्किएको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

मे१ज७८२ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।बस दुरसिंह गाविसको गौरीभिरमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यायल खोटाङले दिएको जानकारीअनुसार मृतकको सनाखत हुन सकेको छैन ।मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेको बताइएको छ ।

दुर्घटनामा परी नौ जना घाइते भएका छन् । उनीहरुलाई अहिले उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनास्थलमा  प्रहरी र स्थानीयबासी अहिले उद्दार कार्यमा जुटिरहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । Source: http://www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट