लगातार दुर्घटनाः चन्द्रनिगाहपुरमा बस दुर्घट्ना, २० यात्रु घाइते

सञ्जय कार्की/ईमेज

रौतहट, मंसिर ६ । देशका बिभिन्न जिल्लामा दैनिक सवारी दुर्घटना हुने क्रम बढेपछि सवारी दुर्घटना न्युनिकरण गर्न सरकारले गरेको प्रयास बिफल बन्दै गएको देखिएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा आज पुन एउटा यात्रु बस दुर्घटना भएको छ । काठमाडौंबाट गौर जांदै गरेको बा २ ख ६२३४ नम्बरको तुलसी ट्राभल्सको बस चन्द्रनिगाहपुरमा दुर्घटना हुंदा २० जना यात्रु घाईते भएका छन् ।

घाइते मध्ये दुई जनाको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते मध्ये कैलास नायक र सतनारायण साहलाई थप उपचारको लागि काठमाडांै ल्याइएको छ । बस चालक भने फरार रहेका छन् । -Source:http://imagekhabar.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट