इटहरी । क्षेत्रीय कारागार झुम्कामा सोमबार कैद भुक्तान गर्दै विरक्तलाग्दो जीवन बिताइरहेका कैदीबन्दीहरु सांगीतिक कार्यक्रममा झुमिरहेका देखिन्थे ।
हास्य कलाकार विल्सनविक्रम राईले बाल्यकालदेखि गरेका क्रियाकलाप सुनाउँदे अहिलेका बालबालिकामा आएको परिवर्तनलाई हास्य शैलीमा प्रस्तुत गरेका थिए ।
उनले कैदीबन्दीहरुलाई कैद भुक्तान गरेपछि समाजमा सकारात्मक कार्य गर्न पछि सुझाव दिए ।
सांगीतिक कार्यक्रममा आस्था राउत, डम्बर नेपाली र गुरुङ सोल्टीले पनि आफ्नो प्रस्तुतिले सबैलाई नचाएका थिए । आजको कान्तिपुर साप्ताहीकमा समाचार छ । Soucre:nepalsandesh.com