ज्योतिष शास्त्र अनुसार वर्ष २०१५ को वार्षिक राशिफल

वर्ष २०१५ को शुरुवातसँगै यो वर्ष के होला के नहोला भन्ने अनुमान शुरु भएका छन् । नयाँ आशा र उमंग लिएर नयाँ वर्ष आएको छ २०१५ । कुनै पनि ब्यक्तिको वर्ष सफल हुने कि असफल भन्ने कुरा ग्रहको स्थितिमा भर पर्ने ज्योतिष शास्त्र बताउँछ । यहाँ ज्योतिष शास्त्र अनुसार वर्ष २०१५ को वार्षिक राशिफल प्रस्तुत गरिएको छ ।

मेष राशिः
सन् २०१५ मेष राशिका लागि समग्रमा राम्रो छ । यो वर्ष तपाइँलाई आश्चर्यजनक कुरा हुन सक्छन् । यस्तो परिवर्तन नयाँ नयाँ अनुभव र सोंच विकाश गर्नका लागि सहायक हुने देखिन्छ । जीवन यापनको शैलीमा निखार आउँछ भने यो वर्ष नै अविवाहितका लागि विवाहको लागि समेत राम्रो छ । फेव्रुअरीको अन्त्य र जुलाईमा भने समय केही प्रतिकुल हुन्छ ।
यतिबेला केही समस्या पनि आउन सक्छन् । मेष राशिका ब्यक्तिका लागि २०१५ जागिर र पदोन्नतिको वर्ष बन्न सक्छ । तर सेप्टेम्बर पछि भने केही समस्या पनि हुन सक्छ । जनवरी र फेब्रुअरीमा आर्थिक संकट पर्न सक्छ तर वर्षका अन्य सबै महिना आर्थिकरुपमा सवल रहनेछन् । यो वर्ष स्वास्थ्यमा खासै समस्या हुनेछैन ।

वृष राशिः
यो वर्ष वृष राशिका लागि शुरुवातमा निक्कै उर्जाशिल रहने छ । आफूले आँटेका काम पुरा हुनेछन् । लक्ष्य प्राप्त गर्न सहज देखिन्छ । तर जनवरी महिनामा बुध प्रतिगामी दिशामा जाने हूँदा केही समस्या पनि आउने छन् । मार्च महिना वृषका लागि सबै भन्दा राम्रो छ । यो महिनाले नयाँ स्फुर्ति र ताजापन दिएर जानेछ । यो वर्ष जागिर र पदोन्नतिको सम्भावना पनि देखिन्छ । वर्षको शुरुवातमा केही आर्थिक संकट पर्न सक्छ । कुनै बेला चिन्ताजनक अवस्था समेत आउन सक्छ । तर उत्तरार्धमा भने सकारात्मक हुनेछ । यो वर्ष स्वास्थ्यको दृष्टिले खास चिन्ताजनक छैन तर मार्च महिनामा केही समस्या आउन सक्छ ।

मिथुन राशिः
मिथुन राशिका लागि २०१५ परिवर्तनको वर्ष हुनेछ । शूरुमा यस्तो अनुभव नभएपनि विस्तारै जीवनमा परिवर्तन अनुभव हुनेछ । जनवरी महिनामा तपाइँको प्रगति केही धिमा गतिमा भएपनि अन्य महिनामा राम्रो प्रगति हुने देखिन्छ । यो वर्ष सामाजिकरुपमा उत्सवपूर्ण हुनेछ । तर मे महिनामा तपाइँका काम विग्रने र लामो समय लाग्ने समस्या देखिनेछ । जुन महिनामा बुधको प्रभाव सकिएपछि भने सकारात्मक समय शुरु हुनेछ । यो पर्ष ब्यवसायिक जीवनमा भने केही समस्या हुने देखिन्छ । तर वर्षको अन्त्य तिर सकारात्मक हुनेछ । यो वर्ष आर्थिक समस्याको सम्भावना छैन । तर मे महिनामा केही समस्या हुनेछ । बुधका कारण स्वास्थ्यमा समस्या पनि देखिन सक्छ ।

कर्कट राशिः
सन् २०१५ कर्कट राशिका ब्यक्तिका लागि भावनात्मक वर्ष हुनेछ । यो वर्ष प्रगति गर्न कठिन हुनेछ । धेरै जसो काममा बाधा आउने योग छ । तपाइँको जीवनमा नकारात्मक उर्जा बढी जम्मा हुनेछ । जुन महिना देखि केही प्रगति हुने देखिन्छ । तर बुधको नकारात्मक प्रभावले वर्षभरि पिरोल्ने छ । सेप्टेम्बरपछि भने तपाइँको समय फिर्नेछ । यो वर्ष ब्यवसायिकरुपमा राम्रै वर्ष देखिन्छ । रोजगारी र पदोन्नतिको सम्भावना पनि छ । यद्यपि अपेक्षित प्रगति हुने योग भने छैन । जुन महिनामा भने सकारात्मक उर्जा भित्रिने छ । यो वर्ष स्वास्थ्य राम्रो रहने छ । मानसिकता भने भावुकता प्रधान हुनेछ ।

सिंह राशिः
सिंह राशिका लागि सन् २०१५ मिश्रित वर्षा हुने छ । शुरुमा नयाँपन देखिने छ तर कार्यशैलीमा भने नयाँ पन चाहिनेछ । तर प्रेम देखि जागिर र पदोन्नति सम्म यो वर्ष राम्रो रहने योग छ । जुन महिना प्रेमका लागि राम्रो छ । यो वर्ष करिअरका दृष्टिले पनि राम्रो छ । तर सेप्टेम्बर महिनामा भने जुनसुकै काममा पनि बाधा पर्न सक्छ । यतिबेला केहि निराशा हात लाग्न सक्छ । अगष्ट महिना भने सकारात्मक र उर्जाशिल हुनेछ । जनवरी महिनामा बुधको विपरित गतिले सकारात्मक परिणाम दिन सक्छ । जसले करिअरमा सफलता दिनेछ । मे र सेप्टेम्बरमा भने यस्तो अवस्था अनुकुल हुने छैन । आर्थिक दृष्टिले यो वर्ष राम्रै छ । नयाँ कामको शुरुवात गर्दा जुलाइ या अगष्टमा मात्र गर्नु राम्रो हुन्छ । यो वर्ष स्वास्थ्यका दृष्टिले चुनौतीपूर्ण छ । शतर्क रहन नसके नकारात्मक परिणाम भोग्नु पर्ने हुन सक्छ । खानपान र योग ब्यायाममा विशेष ध्यान दिनु राम्रो हुन्छ ।

कन्या राशिः
सन् २०१५ कन्या राशिका लागि पनि मिश्रित वर्ष बन्ने योग छ । यो वर्ष धेरै उत्साह र धेरै निराशा केही पनि हात लाग्ने छैन । तर केही गर्न नसकेको भन्दै उदाशी भने बढ्ने छ । वर्षको शुरुवात नै प्रतिकुल देखिन्छ । जति प्रयास गर्दा पनि काम बन्न कठिन छ । सेप्टेम्बर महिना सम्म यस्तो प्रतिकुल समय चल्ने देखिन्छ । बुधबारको दिन गरेका काम भने सफल हुनेछन् । ब्यवसायिक जीवनमा तपाइँका पार्टनरले बढी फाइदा लिनेछन् । फेब्रुअरी महिनामा भने तपाइँले गरेका काम बन्ने सम्भावना बढि हुन्छ । यो वर्ष आर्थिकरुपमा पनि प्रतिकुल रहने देखिन्छ । अनेक चुनौतीको सामना गर्नु पर्ने छ । यो वर्ष स्वास्थ्यको दृष्टिले भने राम्रै छ । काममा सफलता कम हात लागेपनि वर्ष भरि सक्रिय रहने योग देखिन्छ ।

तुला राशिः
सन् २०१५ तुला राशिका लागि शुरुवातमा राम्रो छ । वर्षकै शुरुमा सकारात्मक कुराहरु हुनेछन् । जनवरीको अन्त्यपछि सबै ग्रहहरु सकारात्मक बन्नेछन् । जनवरी महिना छोडेर सेप्टेम्बर सम्म कुनै अवरोध आउने छैन । तर सेप्टेम्बर महिनापछि भने कामहरु विग्रिने योग छ । यो वर्ष सकारात्मक र आश्चर्यजनक समाचार सुन्न पाइने छ भने रोमान्टिक जीवन पनि सुखद नै रहने छ । यो वर्ष तपाइँका लागि शुक्रबार शुभ रहने छ । जागिर र पदोन्नतिका लागि केही मेहनत नै गर्नु पर्ने देखिन्छ । मे महिना सम्म यस्ता काम बन्ने छन् । वर्षको अन्तिम तीन महिना बाहेक यो वर्षा शुभ नै देखिन्छ । आर्थिक दृष्टिले भने यो वर्षा कठिन वर्ष बन्न सक्छ । बुधको प्रभावले वर्ष भरि नै आर्थिक अभावको योग देखिन्छ । स्वास्थ्यको दृष्टिले मध्यम रहने छ ।

वृश्चिक राशिः
यो वर्ष सबै भन्दा राम्रो वृश्चिक राशिका लागि देखिन्छ । ब्यक्तिगत र ब्यवसायिक दुवै जीवनमा यो वर्ष प्रगति हुनेछ । यद्यपी बुधका कारण विभिन्न समयमा कठिनाइ भने आउँछन् । फेब्रुअरी पछि तपाइँलाई लक्ष्य प्राप्त गर्न सहज हुनेछ । मे मा भने बुधका कारण समस्या हुनेछ । करिअरका लागि यो वर्ष सर्वश्रेष्ठ बर्ष बन्ने छ । यो वर्ष प्रयास गरेका सबै काम बन्ने योग छ । मे र सेप्टेम्बरमा भने यो वर्ष अलिक प्रतिकुल समय बन्ने छ । आर्थिक दृष्टिले यो वर्ष सकारात्मक रहने छ । आर्थिक योजना सफल रहनेछन् तर लेनदेनबाट भने बँचेकै राम्रो हुन्छ । सेप्टेम्बर महिनामा नयाँ वित्तीय योजना नबनाउँदा राम्रो हुन्छ । स्वास्थ्यको दृष्टिले यो वर्ष राम्रो रहने छ । तर वर्षान्तमा केही स्वास्थ्य समस्या आउन सक्छ सतर्क रहनु राम्रो हुन्छ । जनवरी र सेप्टेम्बरमा भने केही प्रतिकुल अवस्था आउन सक्छ ।

धनु राशिः
यो वर्ष धनु राशिका लागि अनुकुल समय छ । हरेक क्षेत्रमा सकारात्मक उर्जा मिल्ने छ । वर्षको शुरुवातमा केही निराशा हात लागेपनि मध्यम र उत्तरार्धमा सबै कुरा सकारात्मक हुनेछ । जनवरीमा केही प्रतिकुल रहेपनि फेब्रुअरी देखि सबै कुरा राम्रो हुनेछ । नोभेम्बर महिनामा बुधले सकारात्मक समाचार दिनेछ ।
करिअरको दृष्टिले यो वर्ष नयाँ स्थानमा पुग्ने योग छ । तपाइँलाई कार्यस्थलमा प्रशंसा मिल्ने छ । तपाइँमा सकारात्मक उर्जा प्रधान रहने छ । जनवरी महिनमा भने धेरै कुरामा असफलता हात लाग्ने छ । मे र सेप्टेम्बर वर्षकै सबै भन्दा उत्तम समय हुनेछ । यो वर्ष सम्पति जोड्ने योग समेत रहेको छ । यो वर्ष स्वास्थ्यका दृष्टिले राम्रो वर्ष सावित हुनेछ । जनवरी र सेप्टेम्बरमा स्वास्थ्यमा सतर्क रहनु पर्ला ।

मकर राशिः
मकर राशिका लागि यो वर्ष सकारात्मक छ । एप्रिल देखि सेप्टेम्बर सम्म सकारात्मक समय छ । खासगरी सही र गलत छुट्टिने वर्ष बन्ने छ वर्ष २०१५ । वर्ष भरी नै बुधको प्रभाव ब्यक्तिगत र ब्यवसायिक जीवनमा पर्नेछ । जनवरी, मे र सेप्टेम्बर महिना वर्षका सबै भन्दा खराव समय सावित हुने योग छ ।
यी तीन महिनामा नयाँ काम शुरु नगरेकै बेस हुन्छ । यो वर्ष बुधबार मकर राशिका लागि शुभ दिन सावित हुनेछ । करिअरको दृष्टिले पनि यो वर्ष सकारात्मक नै रहने छ । सेप्टेम्बर महिनामा भने धक्का लाग्न सक्छ । आर्थिक दृष्टिले यो वर्ष मिश्रित रहने छ । सेप्टेम्बर महिनामा कुनै पनि आर्थिक गतिविधीको शुरुवात हानिकारक हुन सक्छ । यो वर्ष स्वास्थ्य राम्रो रहने छ । जनवरी, मे र सेप्टेम्बर महिना वर्षका सबै भन्दा खराव समय सावित हुने योग छ ।

कुम्भ राशिः
सन् २०१५ कुम्भ राशिका लागि शुभ र राम्रो छ । वर्षको शुरुमै अपेक्षा नगरेको सकारात्मक समाचार सुन्न पाइने योग छ । कार्यस्थलमा पदोन्नति र नयाँ प्रस्ताव पाउने योग पनि छ । फेब्रुअरी महिनामा बुधको उल्टो चलले जीवनका सबै क्षेत्रमा प्रभाव पर्ने छ । करिअरको दृष्टिले यो वर्ष सकारात्मक हुनेछ । मे र सेप्टेम्बरमा भने समय प्रतिकुल हुनेछ । तर जनवरीमा भने समय निक्कै सकारात्मक हुनेछ । यो वर्ष शनिबार र आइतबार शुभ हुनेछ । एप्रिल महिनामा भने समय प्रतिकुल हुनेछ । प्रतिद्वन्दीहरुले भने दुःख दिनेछन् । यो वर्ष आर्थिक हिसावले राम्रो हुनेछ । स्वास्थ्य भने प्रतिकुल हुन सक्छ । स्वास्थ्यका कारण समस्याबाट बँच्न सतर्क रहनु राम्रो हुन्छ । जनवरी, मे र सेप्टेम्बर महिनामा समय प्रतिकुल चल्ने छ ।

मिन राशिः
सन् २०१५ को शुरुवात मिन राशिका लागि सकारात्मक रहने छ । वर्षको शुरुमै सकारात्मक परिवर्तन महसुस हुनेछ । मार्च महिना सबै भन्दा सकारात्मक रहने छ । तर जनवरी भने नकारात्मक हुनेछ । मार्च महिना जागिर र रोमान्टिक विषयमा सकारात्मक रहने छ । यो वर्ष मिन राशिका लागि विहीबार शुभ दिन हुनेछ । ब्यवसायिक हिसावले यो वर्ष सकारात्मक छ । फेब्रुअरीको शुरुवातमा काम गर्दा सकारात्मक परिणाम पाउन सकिन्छ । मे महिनामा भने नकारात्मक समय शुरु हुनेछ । आर्थिक हिसावले यो वर्ष सकारात्मक छ । तर बुधका कारण कतिपय समयमा समस्या हुन सक्छ । यो राशिका लागि स्वास्थ्यको दृष्टिले भने वर्ष त्यति सुखद हुनेछैन । जनवरी र मे महिनामा स्वास्थ्य समस्या हुन सक्छ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट