तपाइलाई ढाड तथा कम्मर दुख्ने समस्या छ भने समाधानका उपायहरू जानी राख्नुहोस् !

तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । 

थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु ।

के कति कारणले ढाड दुख्न सक्छ 
ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् -


यी र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।

कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ
घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -



घरायसी उपचार 
घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा 'आइस' लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि 'हट ब्याग' वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।


समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट