१४ महिनाकी बच्ची १३ फीट लामो अजिंगरसँग खेल्दै ! (भिडियो सहित)


संसारमा यस्ता कयौं घटनाहरु घट्ने गर्छन जुन पत्याउन मुस्किल पर्छन । यहाँ एक १४ महिनाकी बच्ची करिब १३ फीट लामो अजिंगरसँग यसरी खेलेकी छन यो देखेर तपाई हामी सबैको रौं ठाडो हुन सक्छ ।

अमेरिकाको मिशीगनमा अलायसा नाम गरेकी यी बच्ची यस्तै गर्दै देखिएकी छन । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा एक बच्ची आफ्ना आमाबाबुको उपश्थितिमा अजिंगरसग खेलेको देख्न सकिन्छ ।

 नेने नाम गरेको यो अजिंगर भने घरपालुवा हो । जेमी गारिनो नामका व्यक्तिले यो अजिंगर पालेका हुन । यो भिडियो भने २ वर्ष पुरानो बताइएको छ । यी सानी बच्ची अहिले ३ वर्षकी भएकी छन ।

यो भिडियोको माध्यमबाट सर्प र अजिंगार यति खतरनाक हुदैनन् हामीले जति उनीहरुलाई सम्झिन्छौ भन्ने सन्देश दिन खोजिएको छ ।एजेन्सी

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट