आजको राशिफल वि.सं. २०७१ पौष २४ गते बिहीबार


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
दिनको सुरुवातमा मन खिन्न भए पनि आज तपाईंले गरेको प्रयास ढिलो गरी सफल हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । प्रतिस्पर्धी, कुमित्र वा खराब आचरण भएका साथीभाइसित जमघट हुनसक्छ वा त्यस्तो भोजभतेरमा सहभागी हुनुपर्ने छ । पाचनप्रणालीको कमजोरी चिन्ताको विषय बन्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
प्राविधिक काममा अलमल हुनेछ र गरेका अरु काममा पनि खासै उपलब्धी प्राप्त हुनेछैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । मनोरञ्जन, रामरमाइलो र सञ्चारप्रविधिका क्षेत्रमा खर्च गर्न मन हौसिने छ । नजिकको मानिस टाढिन सक्छ । वित्तीय र व्यापारिक लगानीका लागि चिन्तन भए पनि लगानी गर्ने अनुकूलता देखिंदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
दिउँसोसम्म पारिवारिक समस्याले मन खिन्न हुनेछ । त्यसपछि गरिएका काममा समेत खासै राम्रो प्रतिफल प्राप्त हुन सक्दैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित भएपनि उपलब्धी नमिल्न सक्छ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरूको चलखेल बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आज दिनभरि सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला । विशेष कामप्रति रुचि जागृत हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । शत्रुहरू पराजित हुनेछन् । तर साँझपख गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सामाजिक क्षेत्रमा काम गर्नेका लागि आजको दिन राम्रो छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सुमधुर दाम्पत्यसम्बन्ध र सन्ततिबाट राम्रो सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा जतिखटे पनि सफलता प्राप्त नहुनाले निराश भइनेछ । दिउँसोका तुलनामा बिहानको समय अझ निराशाजनक रहनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धमा अझ दूरी बढ्ने छ । आज गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
आज दिउँसोसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावुक बन्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । अपराह्नसम्म त्यति अनुकूल दिन छैन तर त्यसपछि केही शान्तिको अनुभूति हुनेछ । शरीरमा रहेको अल्छीपन र आलस्यले छाड्दै जाने छ । काममा हौसला बढ्ने छ र शरीरमा स्फूर्ति जाग्नेछ । सामान्य समस्याहरूले पिरोल्ने सम्भावना छ, संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट