स्मरणशक्ति बढाउने सात उपाय (जानी राखौ)

 CLICK TO VIEW
चिनेको साथी भेट हुन्छ, तर नाम बिर्सन्छ । सम्झेजस्तो लागेर मोबाइल नम्बर नटिप्यो, पछि चाहिने बेला पाइँदैन। यस्तो समस्याबाट हामी धेरैले भोगिरहेका छौ । तर, हामीले केही प्रयत्न गरेर बिर्सन बानीलाई कम गर्न सकिन्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञले दिएका स्मरणशक्ति बढाउने सात टिप्स यस्ता छन् ।

  • पटकपटक याद गर्ने

कुनै पनि कुरा थापा पाएको १० मिनेटसम्म फेरि याद गर्नुहोस् । त्यसको स्मरण २४ घण्टासम्म हुन्छ । त्यस्तै अर्को दिन पनि त्यो कुरालाई स्मरण गर्नुहोस् । त्यसपछि तपाईले सात दिनसम्म फेरि त्यो कुरा सम्झन सक्नुहुन्छ । सात दिनसम्म फेरि त्यो कुरा याद गर्नुहोस् । यसले एक महिनालाई काम गर्छ । जब तपाई अर्को महिना पनि त्यो कुरा याद गर्नुहुन्छ ६ महिनासम्म सम्झन सक्नुहुनछ ।

  • कोड बनाउने

कुनै पनि कुरालाई अर्को रुपमा याद गर्नुहोस् । तपाई प्रायः कसैको नाम भन्नुहुन्छ भने उसको मोबाइल नम्बर खोज्न गाह्रो हुन्छ भने एउटा कोड बनाउनुहोस् । त्यसले तपाईलाई सम्झन सजिलो हुन्छ ।

  • काल्पनिक दृष्य बनाउने

यदि तपाई कुनै किताव पढिरहनु भएको छ भने त्यससँग सम्बन्धित कुनै दृष्य कल्पना गर्नुहोस् । किताव एकैपटकमा पढिसक्ने कोशिस नगर्नुहोस् । त्यसलाई विभाजित गरेर पढ्नुहोस् । यसले सम्झन सजिलो हुन्छ ।

  • छलफल गर्ने

आफूले अध्ययन गरेका कुरा साथीहरुसँग छलफल गर्नुहोस् । त्यस विषयमा प्रश्न उत्तर गर्नुहोस् । यदि विद्यार्थी हुनुहुन्छ भने कक्षा सकिएको दश मिनेटपछि पढेका कुराका विषयमा छलफल गर्नुहोस् । त्यसले सम्झन सजिलो हुने गर्दछ ।

  • गीत बनाउने

कुनै पनि जटिल परिभाषा छ भने त्यसलाई गीतमा परिणत गर्नुहोस् । त्यसलाई परिचित संगीत पनि दिनुहोस । त्यसले सम्भन सजिलो मात्र होइन, रोचक पनि बनाइदिन्छ ।

  • नम्बरलाई टुक्राउने

कुनै पनि अंकलाई सम्झन त्यसलाई टुक्रा पार्नुहोस् । जस्तो दश वटा नम्बरको मोबाइल नम्बरलाई चार टुक्रा बनाएर सम्झन प्रयत्न गर्नुहोस् । त्यसले सम्झना शक्ति बढाउछ ।

  • डायरीको प्रयोग गर्ने

जरुरी कुरालाई डायरीमा टिप्ने बानी बसाल्नुहोस् । त्यसलाई आवश्यक पर्दा हेर्ने गर्नुहोस् । केहीपटक हेरेपछि अझै याद हुन्छ । एजेन्सी

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट