-महिलाहरुको यौन उत्तेजना सबैभन्दा बढी कुन अंगमा ?

 CLICK
एजेन्सी । यौन मानिसको जैविक आवश्यकता हो । यो प्राकृतिक प्रक्रिया हो । महिलाको कुन– कुन अंगमा स्पर्श गर्दा कस्तो कामोत्तेजना उत्पन्न हुन्छ भन्ने तथ्य अनुसंधानहरुले देखाएका छन् ।

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तन पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको निप्पल र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।

योनी र भग्नि शिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइ बाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।

आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ।
Source: hamrosandesh

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट