बेइजिङ : चीनमा एक जना ४ बर्षका बच्चा लिजेन्ड ब्रूस ली को हूबहू कपी गर्न सक्दछन । ब्रूस ली को पपुलर “नानचक्कु’ टेक्निकलाइ पनि यी बच्चा दुबै हातबाट गर्न सक्दछन । बिजुलीको जस्तो फुर्तीले यस्ता एक्शन स्टन्ट देखाउने यी बच्चालाइ चिनीयाँहरू आगामी महान मार्शल आर्टिस्ट बताइरूहेका छन । अहिले यी बच्चाको भिडियो इन्टरनेटमा निकै भाइरल भैरहेको छ ।
यहाँ दिइएको भिडियोमा यी बच्चा आफ्नो लिभिङ रूममा टिभीमा एक्शन गरिरहेका ब्रूस ली को नक्कल गरिरहेका छन । ४ बर्ष उमेरका भएपनि यी बालक नानचक को शान्दारसंग प्रदर्शन गर्न सक्दछन ।सन १९७२ को फिल्म ‘गेम अफ डेथ’ मा पँहेलो रंगको जम्पसूट लगाएका ब्रूस ली लाइ सबैले याद गर्दछन । यी बच्चाले पनि सायद यहि कुराको सम्झना गराउँदछन । भिडियोलाइ हेरेर मानिसहरू अहिले निकै कमेन्ट गरिरहेका छन । कसैले उनलाइ कूलेस्ट किड भन्दछन भने कसैले ब्रूस ली को पुर्नजन्म भएको भनिरहेका छन ।
आखिर जे भएपनि यी बच्चाको कला देखेर जो कोही पनि अचम्ममा नपरि रहन सक्दैन ।
उनको अहिले भाइरल भैरहेको भिडियो हेर्नुहोस् ।
श्रोतः कुविक एनपी न्युज