एजेन्सी । कामुक लेखनको इतिहास बनाएको चर्चित पुस्तक ‘सीरिज फिप्टी शेड्स’ मा आधारित रहेर बनेको पहिलो फिल्म ‘फिप्टी शेड्स अफ ग्रे’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
गोल्डेन ग्लोब अवार्ड समारोहकाबीच यसको रिलिज गरिएको हो । यो फिल्म साहित्यका विद्यार्थी एनेश्टिशिया स्टील र युवा अर्बपति क्रिश्चियन ग्रेको शिलशिलाबद्ध कथा हो ।
स्टील ग्रेको अन्तरवार्ता गर्न गएको बेलामा उनीहरुबीच प्रेम सम्बन्ध भएको थियो । तर ग्रे को जीवनमा कालो अध्यायको सुरुवात भएको स्टीलले थाहा पाईन । यस पुस्तकमा यौनको विकृत चार अवस्था देखाइएको छ । जसलाई बीडीएसएम भनिन्छ ।
ग्रे यसमा अभ्यत भएपनि स्टीलका लागि यो नयाँ संसार थियो, जहाँ कहिले आनन्द र कहिले पीढा । फिल्ममा ग्रे को भूमिका जैमी डोरमेनले निभाएका छन् भने स्टीलको भूमिका इकोटा जोन्सनले निभाएकी छन् ।
यो फिल्म ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर १४ फेब्रुअरीमा रिलिज हुँदैछ । यो पुस्तक इ एल जेम्सले लेखेकी हुन् । सन् २०११ देखि १२ को बीचमा यसका तीन पुस्तक आएका थिए । दर्जनौ भाषामा अनुवाद भएको यो पुस्तकमा सेक्सबारे नयाँ वर्णन गरिएको छ र सेक्स क्रान्ति र सेक्स मुक्तिसँग जोडिएको छ ।
- Source: .nepalsandesh.com