आजको राशिफल <> वि.सं.२०७१ साल माघ १ गते बिहीबार


सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। परिवारजनका साथ आनन्दमा समय बित्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको पनि योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। प्रतिस्पर्धीहरूको चलखेल बढ्न सक्छ। यसले केही चुनौती पनि सामना गर्नपर्ला। आफ्नो अधिकार सुरक्षित गर्न निकै प्रतिस्पर्धा गर्नुपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा पनि अवरोध आउन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा त्यत्ति फाइदा नहोला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): 
मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काम बिग्रने सम्भावना छ। विश्वासपात्रबाटै धोका पाइने समय छ। शंकैशंकाले आफन्तजनसँग सम्बन्ध विग्रन सक्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
पराक्रम र उत्साह बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन सञ्चय गर्न सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। प्रयत्न गर्दा व्यावसायिक काममा भने सामान्य फाइदा भइरहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी बढ्न सक्छ। विभिन्न अवसर आए पनि समयको सदुपयोग गर्न नसकिएला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। प्रतिस्पर्धामा पनि कमजोर भइने सम्भावना छ। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
धेरै लगानीपछि कम प्रतिफल पाइएला। अरूको भरण–पोषणमा खर्च हुनेछ। केही मालमत्ता हराउन सक्छन्, सचेत रहनुहोला। तापनि, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा केही कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर श्रमकोे समुचित मूल्यांकन नहुन सक्छ। सञ्चित रकम समेत खर्च गर्नुपर्ला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
व्यावसायिक काम अवरुद्ध बन्नेछन्। धर्मकर्म र सेवामूलक कामका लागि खर्च गरिनेछ।समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद काममा जिम्मेवारी बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। अरूकै काममा समय खर्चनुपर्ला। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

मीत (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले फाइदा होला।
Source: baralguru.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट