काठमाडौ : निकै सफल चलचित्र सिरिज नाईँ नभन्नू ल – ३ को शीर्ष गीत बुधबार साँझ रिलिज गरिएको छ । अहिले रिलिज गरिएको यस गीतमा तीन स्टार जोडीलाई एकैसाथ देख्न सकिन्छ । यस चलचित्रलाइ मुस्कान ढकालले निर्देशन गरेका हुन ।
यस चलचित्रमा सानो उमेरमानै स्टार बनेका अनुभव रेग्मी र आफ्नै उमेरकी नव कलाकार सफलता भट्टराई एकैसाथ देखिएका छन । त्यस्तै अभिनेता आर्यन सिग्देल र प्रियंका कार्कीको अर्को जोडी देखिएको छ । त्यस्तै अर्को स्टार जोडीमा भने अभिनेत्री संचिता लुइँटेल र सुरजसिंह ठकुरीका साथमा देख्न सकिनेछ । यस गीतमा संयोग योगी, राजेश पायल राइ र रजिना रिमालले स्वर दिएका छन ।
यो चलचित्र यहि बर्षको चैत्र २७ गतेदेखि देशव्यापी प्रर्दशनमा आउने भएको छ । यस अघिको चलचित्रहरू जस्तै यो सिरिज पनि पारिवारिक ड्रामा श्रेणीमा निर्माण गरिएको छ ।
यस चलचित्रमा पनि बसन्त सापकोटाले संगीत दिएका छन । बिकास आचार्यले निर्माण गरेको यस चलचित्रको अहिले सार्वजनिक गरिएको शीर्ष गीतको भिडियो हेर्नुहोस ।
साभार श्रोतः कुविक एनपी न्युज