कुविक एनपी न्युज 
काठमाडौँ । कुनै समय थियो गाउँमा मात्र लोकगीत सुनिन्थो । किनकी शहर शहरको रुपमा बिकसित नै भएको थिएन । सबै शहर गाउँ थिए । सबै गाउँ शहर थिए । आ आफ्ना बस्तीमा आ आफ्ना शैलीका गाीतहरु गुञ्जिन्थे । विभिन्न भुभागामा स्थानीयीस्तरमा रोदी पनि चर्चामा थियो । तर पछि तिनै गाउँ शहर बन्दै गए । र अहिले लोकगीत शहरमा पनि गुञ्जिन थालेको छ । 
अस्ति भन्दा हिजो र हिजो भन्दा आज लोकगीत मय बन्दै गएको छ शहर । उस्तै परिभाषा र उस्तै परिचय सहित । कत्ति पनि बिचलित नभई अझ मौलाएको छ हिजोआज लोकगीत । यसलाई थप अजर र अमर बनाउन कैयौँ नेपाली मनले सृजनाको साँघु बनेर जोड्दैछन सैयौँ कलात्मक मनहरुलाई । त्यही मेसोका एउटा युवा सर्जक हुन् स्याङजाका खुमन अधिकारी ।
उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ छिरेका अधिकारीले रेडियोमा अग्रज स्रष्टाका आवाज सुन्दा कुनै दिन आफु पनि त्यही रेडियोमा त्यसरी नै सुनीन पाए भन्ने सम्मको सपना देखेपनि आजको यो ब्यस्त दैनिकिको भने कल्पना नै नगरेको बताउँछन् । कहिले पुर्वको कार्यक्रम त कहिले पश्चिमको यात्रा त कहिले काठमाडौँका रेर्कडिगं स्टुडीयोमा आफ्नो जीवनको जवानी खर्चेका लोकगायक अधिकारी पछिल्लो पुस्ताका लोकगीतका नायक नै हुन् ।
दोहोरीसाँझबाट सामान्य गायनको यात्रादेखि सुरु भएको उनको दैनिकी अहिले कहिलेकाँही ७ वटा गीत गाउन सम्म तन्किने गर्छ । जादुमयी स्वरका धनी खुमनले स्वर भरेका मनको देउतैले, जोर शंख फुखेर,त्यो मन रुन्न होलार, स्यागंजाली झापाली लगायत कैयौँ गीत चर्चित छन् । करिब ५ हजार गीतमा स्वर,केहीमा लय र शब्द भरेका अधिकारीको स्वर सुन्ने जो कोही पनि उनको आवाजको माधुर्यतामा लट्ठीने गर्छ । उनको स्वरमा लट्ठीने युवतीहरु पनि थुप्रै छन् । त्यही मेसोमा खुमनलाई पिछा गर्ने र मनपराउने युवतीहरु अघि पछि लागीरहे । तर उनले न अघि हेरे न पछि । सरासर आफ्नै बाटो हिडीरहे ।
आफ्नो ३ दशकको यात्रामा दौडीरहेको जीवनका अनेकन अनौठा कुराका रहस्य खुलाउँने क्रममा ‘उनी अविबाहि नै भएका बखत एउटी युवतीले आफ्नो प्रेमलाई नस्वीकारे जसरी पनी फसाउने सम्मको धम्की दिएको रहस्य उनले खुलाए । ति युवतीले नियमित प्रेमपत्र पठाउने गरेपनि पछि आफुलाई नस्विकारे जे पनी गर्न सक्ने सम्मको धम्कीपुर्ण भाषाको प्रयोग गरेको उनले बताए ।’
बिस्तारै ति युवती आफै बाटो लागेपछि खुमनले पनि आफ्नो मनले खाएकी युवतीसँगै बिहे गरे । छोटो समयको चिनजान र भेटघाट पछि उनीसँग टेलीफोनमा कुरा गर्न थालेका खुमन भन्छन प्रेमीकालाई कहिल्यै प्रेम पत्र नै नलेखेको दाबी गर्छन । कहिल्यै गहिरो प्रेममा नपरेका तर प्रेमलाई राम्ररी बुझेका खुमन हिजोआज भने एक छोरा र श्रीमतीका साथ प्रेममय जीवन बिताइरहेका छन् । भन्छन् ‘यही क्षेत्रमा अझ धेरै गर्नुछ । अहिलेसम्मको उचाइलाई कायम राख्दै फेरी अर्को शिखर चढ्नु छ । ठुलो सपना होइन पुरा हुने गरी सुन्दर सपना बुनेको छु । हर घडीले साथ दिए यही क्षेत्रमा केही गरेर मर्ने धोको छ ।’ स्रोत :मिडिया एनपी 
भिडियो हेर्नुस :
Disclaime




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate